ओम प्रकाश्
जनकपुर जेसीजको नयाँ कार्यसमिति चयन गरिएको छ । युवाहरूमा व्यक्तित्व र सबल नेतृत्व बिकाशमा समर्पित संस्थामा शनिबार अबेर रातिसम्म चलेका चुनाव प्रक्रिया बाट सम्पन्न जेसिजको ३८ औं शाखा अधिवेशन तथा वार्षिक साधारणसभाबाट वर्ष २०२१ का लागि ११ सदस्य नयाँ कार्यसमिति चयन भएको हो ।

नयाँ कार्यसमितिको अध्यक्षमा जेसी मनोज कुमार साह निर्वाचित भएका छन् भने उपाध्यक्षमा जेसी दिपक यादव, जेसी मुकेश कुमार साह, जेसी बिनय साह र जेसी राजेन्द्र कुमार साह निर्वाचित भएका छन् ।
यसैगरी कार्यसमितिको कार्यकारिणी उपाध्यक्षमा जेसी डा.राजेश मण्डल र जेसी उपेन्द्र कुमार साह सर्वसम्मत चयन भएका छन् । त्यस्तै महासचिवमा जेसी राजकुमार साह र कोषाध्यक्षमा जेसी आतोष साहलाई मनोनित गरिएको छ भने कानुनी सल्लाहकारमा जेसी राजु साह चयन भएका छन् ।

अध्यक्ष र उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा जनकपुर जेसीजका १७२ सदस्यहरु मध्ये मतदानमा १५४ जना सहभागी भएका थिए ।
