जनकपुरधाम, पुष २७
जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले अमेरिकाजस्तो मुलुकमा सदियौ सम्म एउटै संविधानले काम चलिरहेको छ, छिमेकी मुलुक भारत पनि एउटै संविधानले विकास निर्माणमा अगाडि बढिरहेको छ,’ महतोले भने, ‘तर, हाम्रो देशमा सातवटा संविधान बनाइयो, तर पनि देशले विकास निर्माणमा गति लिन सकेन । यसको कारण कहिले खोजेका छौँ त ?’
पटक–पटक विभेदपूर्ण संविधान आएकाले निरंकुश ओली प्रवृत्तिको जन्म भएको दाबी गरेका छन् । सोमबार जनकपुरधाम रेल्वे स्टेसनको प्रागनमा जसपाले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै महतोले पछिल्लो ७० वर्षमा नेपालमा धेरैपटक संविधान आए पनि मधेसी, थारू, जनजाति, आदिवासी ,सीमान्तकृत समुदाय ,मुस्लिमलगायतका पछाडि पारिएका समुदायका हकअधिकार सम्बोधन नगरेकोले मुलुकमा पटक–पटक ओली प्रवृत्तिजस्ता निरंकुश तानाशाहको जन्म हुने गरेको बताए ।

बन्दुकको बलमा ल्याएको संविधान विभेदपूर्ण थियो,’ महतोले भने, ‘त्यतिवेला पनि सीधासाधा मधेसी जनतामाथि गोली चलाएर संविधान जारी गरियो, प्रतिगमन गरियो र अहिले आएर प्रतिनिधिसभा नै विघटन गरी प्रधानमन्त्री ओलीले प्रतिगमनमाथि थप प्रतिगमन गरे । यस हिसाबले ओली प्रतिगमनका ठूला नाइके बनेका छन् ।’

प्रतिनिधिसभा पुनस्र्थापना वा निर्वाचन जे भए पनि शोषित उत्पीडित वर्गलाई ध्यानमा राखी संविधान संशोधन नभएसम्म विभेदपूर्ण संविधान रहिरहने महतोले बताए । शासन र संविधानमा विभेद रहेसम्म मुलुकको विकास निर्माण नहुने महतोको भनाइ थियो । ‘
कार्यक्रममा जसपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री शरतसिंह भण्डारीले संविधानमै नभएको व्यवस्थालाई टेकेर प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरी संघीयता, गणतन्त्र र समावेशितालाई धरापमा पारेको बताए ।
कार्यक्रममा नेता ब्रिशेषचन्द्र लाल, जितेन्द्र सोनल, उमाकान्त झा ,राम आशिष यादव ,प्रमेसर साह , नेत्री चमेली देवी दास सहितकाले सम्बोधन गरेका थिए । जसपाका समर्थकहरुले रेल्वे स्टेशनको प्राङ्गण भरिभराउ थियो । त्यस अगाडि धनुषा तथा महोतरीको विभिन्न भागबाट प्रदर्शन गर्दै समर्थकहरु रेल्वे स्टेशन पुगेका थिए ।