सूचना डायरी रिपोर्टर
जनकपुर धाम,पुस २९
जनकपुर धाम ९ मा रहेको दुग्ध सहकारी संघ लिमिटेडको चौथो बार्षिक सधारण सभा सम्पन्न भएको छ ।
राष्ट्रिय सहकारी बैंकका संचालक धु्रव नारायण यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा दुग्ध सहकारी संघका अध्यक्ष रामबाबु यादवले संस्थागत प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाका अध्यक्ष यादवले प्रचुर मात्रामा दुग्ध उत्पादनको सम्भावना स्वदेशमै बजारको सुनिश्चितता हुँदा हुदै पनि हाम्रो युवा शक्ति शारीरिक श्रमको लागी नै बिदेशीनुपर्ने अवस्था रहर नभई बाध्यता हो।यो बाध्यतालाई सहकारिताको माध्यमबाट ग्रामीण क्षेत्रका युवाहरूलाई पशु पालन कार्यमा सहभागिता गराइ स्वरोजागार सृजना गराइ उत्पादित कार्यमा उत्प्रेरित गराउदै दुग्ध जन्य उत्पादनमा आत्म निर्भर बनाउन आजको आवश्यकतामा जोड दिनुपर्ने प्रतिवेदन प्रस्तुतिका क्रममा जोड दिएका छन ।
कार्यक्रममा जसपाका युवा नेता तथा सहकारीकर्मी सिताराम यादव , राष्ट्रिय सहकारी बैंकका शाखा प्रमुख विष्णु पराजुली , जनता सहयोगी बचत सहकारीका अध्यक्ष राम चन्द्र पजियार ,मिन्टु देवी लगायतका व्यक्तिहरुले आफ्ना धारणा राखेका छन् ।