
ओ पि साह ,नेपाल
जनकपुरधाम, ११माघ, आइतबार
आन्तरिक पर्यटन पुनस्र्त्थान एवं प्रवर्द्धन अभियानका साथमा घुमौ पुर्व ( प्रदेश १ ) नाराका साथमा एक टोलि आज प्रदेश 2 का राजधानी जनकपुर धाम आइ पुगेका छन ।
कोरोना संक्रमणको दर कम भए संगै पुर्बका पर्यटन ब्यवसायी नाटा प्रदेश न. १ टोलीले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि विशेष प्याकेज ल्याउने भएको छ।
ठप्प पर्यटन क्षेत्रलाई चलायमान बनाउन विशेष प्याकेज ल्याउने तयारी गरेको हो।

आज अस्थायी राजधानी जनकपुर धाम स्थित वेलकम होटेलमा भएको प्रदेश १ र प्रदेश २ का पर्यटन व्यवसायी संग संबंधितत अगुवाहरु संगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै आन्तरिक पर्यटन पुनः उथान समिति प्रदेश १संयोजक भविस्य श्रेष्ठले आन्तरिक पर्यटक लाई सक्दो सहुलियत प्याकेज दिनुका साथै प्राकृति सुन्दरताले भरिपुर्ण प्रदेश एकको प्रचार प्रसार हुने अभिप्रायका साथमा यो अभियानमा साथ दिन प्रदेश दुईका नागरिक समाज लाई उनले आग्रह गरेका छन्। विश्वका जुनसुकै मुलुकले पनि आगामी दुई वर्ष आन्तरिक पर्यटनलाई जोड दिने नीति लिएको उल्लेख गर्दै उनले नेपालको सन्दर्भमा पनि आन्तरिक पर्यटनले नै धरासायी बनेको पर्यटन क्षेत्रलाई माथि उकास्न सहयोग पुग्ने बताए।पर्यटन सम्वद्ध सेवा प्रदायक संस्था तथा कम्पनीले समेत आन्तरिक पर्यटन प्रवर्द्धनका लागि विशेष योजना सार्वजनिक गरिरहेका छन्।

कार्यक्रममा सोटो ( Sociaty of Travels & Tours Operators) नेपालका प्रदेश दुईका अध्यक्ष बिरेन्द्र साह , नाटा ( Nepal Association of Tour & Travel Ajents) प्रेदेश नम्बर एकका अध्यक्ष उदय श्रेष्ठ , फयाक्टस रिसर्च एन्ड एनालाइटिक्सका प्रमुख मनिष झा,होटेल व्यवसायी बिजय झुन्झुनवाला , टुरिष्ट गाइड सुदर्शन लाल कर्ण ,सुर्योदय टि भि का पत्रकार लक्ष्मी उप्रेती लगायतका व्यक्तिहरुले आफ्ना धारणा राखेका छन् ।