सुचना डायरी–समाचारदाता
जनकपुरधाम, माघ १५ गते ।
राष्ट्रिय ईन्जिनियर संघको राष्ट्रिय भेला जनकपुरधाममा १७ गते हुने भएको छ । ईन्जिनियरको हकहितमाथी केन्द्रित भएर छलफल गर्ने उद्देश्यले माघ १७ गते जनकपुरधाममा भेला हुन लागेको जनाएको हो ।भेलामा जसपाका महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिल झा, राजकिशोर यादव, प्रदेश २का मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल लगायतका नेताहरुलाई अतिथिको रुपमा आमन्त्रित गरिएको छ ।मधेश केन्द्रित दलको शुभेच्छुक संस्थाको रुपमा रहेको संघको भेलामा ३० जिल्लामा १ हजारभन्दा बढी ईन्जिनियरहरुको सहभागिता रह्ने संघको सचिव भवेश मिश्रले जानकारी दिए । उनका अनुसार भेलामा ईन्जिनियरहरुसंग सम्बन्धित समस्या तथा त्यसको निदानको विषयमा समेत छलफल गरिने छ ।
ईन्जिनियरहरुले भेलाको पूर्व सन्ध्यामा शुक्रबार मोटर साइकल रैली निकाल्ने ईन्जिनियर भगवान झाले जानकारी दिए ।