डेली समाचारदाता
सुचना डायरी,समाचारदाता
जनकपुरधाम,माघ १७ गते
प्रदेश २ का भूमिव्यवस्था,कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले मुलुकको विकासमा युवाहरुको भूमिका महत्वपूर्ण रहेको बताए । उनले युवा बिना देशको विकास असम्भव रहेको धारणा राखे । जनकपुर जेसीजको ४५ औं पदस्थापन तथा पुरस्कार वितरण समारोहमा विशिष्ट अतिथिको आसन्नबाट सम्बोधन बोल्दैं मन्त्री साहले रोजगारीका लागि प्रतिवर्ष मुलुकका लाखौं युवाहरु विदेशिनु दुःखद रहेको बताउँदै कृषिमै अग्रसर हुन युवाहरुसँग आग्रह गरे । यसका लागि प्रदेश सरकार हरसम्भव सहयोग गर्न तयार रहने उनले प्रतिवद्धता समेत जनाए ।उनले भने,‘कृषिकै कारण देश विकासतर्फ उन्मुख भईरहेपनि किसानले उचित सम्मान पाईरहेका छैनन् । किसानको सम्मान गर्नु सबै नेपालीको दायित्व हो । किसान बिना देशको समृद्धि असम्भव छ ।’ अर्को प्रसंगमा बोल्दै मन्त्री साहले प्रदेश २ को राजधानी र नामाकरण छिट्टै टुंगिने दाबी समेत गरे । उनले यस प्रदेशको नाम मधेश प्रदेश हुनुपर्नेमा जोड दिए ।
शनिवार जनकपुरधामस्थित जेसीज भवनमा आयोजित कार्यक्रममा विशिष्ठ अतिथिको आसनबाट बोल्दैं प्रदेशसभा सदस्य परमेश्वर साहले जेसीजको नाराबाट आफु प्रभावित भएको बताए ।उनले भने,‘जेसीजले नेतृत्वदायी भूमिका निर्वाह गर्न पाठ सिकाउँछ । जेसीज नेतृत्व उत्पादन गर्ने एउटा थलो हो,त्यसैले यहाँबाट नेताहरुलाई समेत पाठ सिक्नुपर्ने आवश्यकता छ ।
जनकपुर जेसीज ४५ औं पदस्थापन तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । २०२१ का नव निर्वाचित पदाधिकारीहरुले पद तथा गोपनियताको सपथ लिएका छन ।
२०२० का अध्यक्ष गौतम साहले जेसीजका नव निर्वाचित अध्यक्ष मनोज साह लगायतका पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहरण गराएका छन ।
’ कार्यक्रम प्रदेश सांसद् रामसरोज यादव, सुरिता साह, जेसीजका पुर्व अध्यक्ष सुदिप कोइराला ,प्रमोद साह, मनिष रमण साह, विजय साह लगायतका उपस्थिति रहेको थियो । उत्त, कार्यक्रममा विशिष्ट व्यक्तिहरुलाई सम्मान समेत गरेको थियो ।