सुचना डायरी–समाचारदाता
जनकपुरधाम,माघ १७ गते
युवा समायोजन अन्तक्रिया कार्यक्रम आज हुने भएको छ ।
जनता समाजवादी पार्टी नेपाल(जसपा) निकट राष्ट्रिय युवा संघको आयोजनामा आज प्रदेश नं २ का अस्थायी राजधानी जनकपुरधाममा अन्तरक्रिया कार्यक्रम हुने जनाएको छ । उक्त अन्तरक्रिया कार्यक्रममा जनता समाजवादी पार्टी नेपाल( जसपाका) अध्यक्ष महन्थ ठाकुर वरिष्ठ नेता राजेन्द्र महतो,शरद सिंह भण्डारी,अनील झा, राजकिशोर साह, प्रदेश नं .२ का भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनल लगायतका नेताहरु सहभागि हुने युवा संघका सहअध्यक्ष कामरेन्द्र वर्माले जानकारी दिएका छन । अन्तरक्रिया आज ११ बजे जनकपुरधामको मसाला काटेजमा हुने सह अध्यक्ष वर्माले भने ।