सुचना डायरी–समाचारदाता
जनकपुरधाम, माघ १८ गते ।
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अध्यक्ष ठाकुरले मधेशले मागेका अधिकांश अधिकारहरु अझै पूरा नभएको भन्दै अन्तिम धक्का दिन आवश्यक रहेको बताए । उनले भने ‘मधेश अधिकारका लागि लडेकाहरु अझै जेलमा छन्, कयौँ मधेशी प्रदेशसभा सदस्य, मन्त्री तथा नगर प्रमुखहरुमाथी मुद्दा कायमै, यसले मधेशी प्रतिको विभेद कायमै रहेको दर्शाउँछ ।’ अगाडी भने ‘यिनै विभेदहरु तथा बाँकी अधिकारहरुको सम्बोधनका लागि हामीलाई लड्नु छ ।’ यो लडाईको अगुवाई युवाहरुले नै गर्नुपर्ने अध्यक्ष ठाकुरले बताए । जनता समाजवादी पार्टीको युवा समायोजन अन्तरक्रृया कार्यक्रमलाई सम्बोधन गर्दै मधेशी युवाहरुले आफ्ना अधिकारका लागि एक पटक फेरी संघर्ष गर्नुको विकल्प नरहेको बताएका छन् । मुलुकमा फेरी अधिकार खोस्ने खेल हुन सक्ने तर्फ इंगित गर्दै जसपा अध्यक्ष ठाकुरले फेरी संघर्षको तयारीमा लाग्न युवाहरुलाई आह्वान गरेका हुन् ।
दुई प्रतिगमन बिरुद्ध हामीलाई लड्नु छ ः नेता महतो
कार्यक्रममा जसपाका बरिष्ठ नेता राजेन्द्र महतोले मधेशी जनतालाई एक होइन दुई प्रगितगमन बिरुद्ध लड्नु पर्ने बताए ।
उनले देशमा नयाँ संविधान निर्माण गर्ने बेलामा पनि प्रतिगमन भएको भन्दै अहिले प्रधानमन्त्री ओलीले समेत प्रतिनिधिसभा विघटन गरेर प्रतिगमन गरेको दुई प्रतिगमन बिरुद्ध लड्नु पर्ने बताए । उनले भने ‘संविधान निर्माणको बेला मधेशी जनतामाथी गोली चलाइएको थियो त्यो महाप्रतिगमन थियो, अहिले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बिघटन गरेर प्रतिगमन गरेका छन् ।’ अगाडी भने ‘हामीलाई लोकतन्त्रको रक्षाका साथै आफ्ना अधिकारहरुको संरक्षणका लागि लड्नु छ ।’
नेता महतोले एक प्रतिगमन बिरुद्धको लडाई प्रचण्डजी, माधव जीको हुन सक्छ तर हाम्रो लडाई दुई प्रतिगमन बिरुद्धको हुनु पर्ने बताए ।