जनकपुरधाम, माघ १८ गते
महोत्तरीको पिपरा गाउँपालिकाको सातौं गाउँसभा सम्पन्न भएको छ ।
गाउँपालिकाका विक्रम चौधरीको अध्यक्षतामा सफलता पुर्वक गाउँसभा सम्पन्न भएको हो । गाउँसभामा दाइजो प्रथालाई निरुत्साहित गर्न सामुहिक विवाह योजना ल्याएको छ ।
सामुहिक विवाह योजनालाई प्रभावकारी रुपमा अगाडी बढाउन गाउँपालिकाले कार्यलाई अगाडी बढाएको हो ।
महोत्तरीको पिपरा गाउँपालिकाले दाइजो प्रथालाई निरुत्साहित गर्न सामूहिक विवाह योजना ल्याएको छ। बुधबार भएको नगरसभामा गाउँपालिकाले दाइजो न्युनिकरणको लागि ‘गाउँपालिका अध्यक्ष कन्यादान योजना’ नीति ल्याएको हो। दाइजोको कारण आफ्नो छोरीको विवाह गर्न नसक्ने गरिव परिवारहरुको लागी गाउँपालिकाबाटै छोरी विवाह गरिदिने भएपछि गाउँपालिकाबासीहरु खुशी व्यक्त गरेका छन । गाउँपालिकाबाटै सामुहिक विवाह आयोजन गरी, विपन्न तथा दाइजो नदिई विवाह गर्ने छोरीहरुलाई विवाह गरिदिने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष विक्रम चोधरीले बताए ।
हाम्रो समाजमा अहिले पनि दाइजोप्रथाका कारण सबभन्दा बढि गरिब तथा विपन्न परिवारहरु परिरहेकोले यस्ता कार्यक्रम ल्याएको अध्यक्ष चोधरीले भने । उनले हदाइजोको कारण हाम्रो समाजमा छोरीको विवाह नहुने, विवाह गर्न नसक्ने क्षमता नहुने भएका कारणले गाउँपालिकामा कन्यादान नीति ल्याएको हो बताउँदैं यस्ता घरपरिवारका छोरीहरुलाई सामुहिक विवाह गरी सम्पूर्ण खर्च व्यहोर्ने छौं । कन्यादान कार्यक्रम संगै गाउँपालिकाको भौतिक विकास,कृषि र पर्यटन प्रवद्र्धनलाई प्राथमिकता राखेको हो । उक्त सभामा गाउँपालिका उपाध्यक्ष ननुकुमारी दासले स्वागत मन्तव्य राख्दै धार्मिक तथा सांस्कृतिक क्षेत्रको संरक्षण सम्बद्र्धन गरी पर्यटन विकासमा आन्तरिक पर्यटन जोड दिदै शिक्षा, स्वास्थ्य,महिलाहरुको समेत विषेश कार्यक्रम समेत ल्याएहो हो । उक्त कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सावन चौधरी, वडा अध्यक्ष अरुण ठाकुर, रुपेश झा, ब्रहमदेव साह लगायतका जनप्रतिनिध र कर्मचारीहरुको सहभागिता रहेको थियो ।