जनकपुरधाम
धनुषाको ढल्केवरमा देशकै सबैभन्दा बढी क्षमताको विद्युत सबस्टेशनको प्रधानमन्त्री अेलीले उद्घाटन गरेको छ । उदघाटनपछि
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले केही वर्षभित्रै बिजुली निर्यात (बेच्ने) बताएका छन् । प्रम ओलीले नेपालले वि.स. २०७९÷८० सम्म बिजुली बेच्ने तयारी गरिरहेको बताए । नेपालले अब भारत, बंगलादेशलगायतका देशलाई बिजुली बेच्ने तैयारीमा रहेको प्रधानमन्त्री ओलीले बताए । उनले भने ‘अब हामी अर्को मुलुकबाट विद्युत किनी रह्नु पर्दैन, अब हाम्रो विद्युत बेच्ने दिन आइ सकेको छ् । चाँडै हामी भारत, बंगलादेशलाई विद्युत बेच्छौ । अहिले यि देशहरुबिच विद्युत विक्री सम्बन्धमा गम्भीर छलफल चलाइरहेका छौ ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश तथा देशको विकासको संकल्प लिएर अगाडी बढिरहेको बताए छन् । आफू बिरुद्ध मधेश बिरोधी रहेको हल्ला फैलाइएको भन्दै आफू मधेश विकासको अठोटका साथ अगाडी बढिरहेको बताए ।प्रतिनिधिसभा विघटन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २मा एकै दिन दुई जिल्लामा सभालाई सम्बोधन गरेका छन् । प्रधानमन्त्री ओली धनुषाको ढल्केवर आउँदा विद्युतको सबस्टेशन उदघाटन गरेका छन् भने सोमबार नै सिरहामा शहीद हेमनारायण यादवको स्मृति सभालाई समेत सम्बोधन गरेका हुन् । प्रधानमन्त्री ओलीले आफू मधेसको विकास र समृद्धिको पक्षमा रहेको दावी गरे । उनले भने, मलाई मधेस विरोधीको रुपमा यहाँ चित्रण गरिएको छ, मलाई मधेश बिरोधी भन्नेहरुलाई चुनौती दिन चाहन्छु, मैले जति गरेको विकास मधेसमा गरेर देखाउनुस ।’ अगाडी भने ‘आफूलाई मधेस विरोधी भन्ने नेताहरुलाई डुमको छोरा वा चमारको छोरालाई काँधमा बोकेर हिडेको देख्नु भएको छ ?, मधेशप्रेमी हुनुहुन्छ भने काँधमा उठाएर देखाउनुस ।’ खोक्रा नारा लगाएर हुँदैन, काम गरेर देखाउनु पर्छ प्रधानमन्त्री ओलीले भने ।
मधेसका सडकहरु अस्त व्यस्त थिए, ढल थिएन कसैले निर्माण गर्न रोक्या थियो र ? उनले भने ‘ मधेश बिरोधी केपी ओलीलाई भन्ने अनि बाटो ओलीले बनाइ दिने, ढल ओलीले बनाई दिने, हामी मधेशको विकास गरेर देखाउँछौँ ।’
मधेशको विकासका लागि कृषि आधुनिकिकरणमा सरकारले जोड दिएको बताउँदै प्रधानमन्त्री ओलीले खेत खेतमा सिंचाई सुविधा पुर्याउनका लागि कोशीको पानी तराई झादैँछौँ । उनले भने ‘खेत खेतमा सिंचाईको सुविधाका लागि पहाड छेडेर कोशी नदीलाई मधेसमा ल्याउँदैछ ।’
एक अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले चुनावको मिति एक दिन पनि पर नसर्ने दावी गरेका छन् । प्रतिनिधिसभा विघटनपछि सरकारले घोषणा गरेकै मितिमा चुनाव हुने दावी गर्दै उनले चुनावको तयारीमा लाग्न सबैलाई आह्वान गरे । उनले भने ‘ तपाईंहरू चुनावको तयारीमा लाग्नुस, मिति एक दिन पनि पछाडी धकेलिदैन ।’
रेल गुडाउन जनकपुर आउँछु
प्रधानमन्त्री केपी शर्मा ओेलीले पूर्व पश्चिम रेलमार्गको निर्माण कार्य द्रुत गतिमा अगाडी बढिरहेको बताए । उनले देशमा रेल संजालका लागि रेल्वे लाईन विस्तारको काम भईरहेको जानकारी दिदै पूरै देशमा रेल संजाल तयार पारिने बताए ।
उनले जयनगर जनकपुरधाम रेल संचालनका लागि दुई सेट रेल नेपाल सरकारले किनि सकेको बताए । उनले भने ‘दुई सेट हामीले रेल किनि सकेका छौँ, अब रेल गुडाउन फेरी जनकपुरधाम आउँछु ।’
विद्युत सब स्टेशनको उदघाटन
प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषाको मिथिला नगरपालिका–७ ढल्केबरमा निर्माण भएको देशकै ठूलो र पहिलो चार सय केभी ढल्केबर सबस्टेसन उद्घाटन गरेका छन् । सोमबार ढल्केबरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले १३ बिघा जमिनमा फैलिएको ४०० केभी र २२० केभी सबस्टेसनको उद्घाटन गरेका हुन् । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझी, सहरी विकास मन्त्री प्रभु साहलगायतको उपस्थिति थियो ।मुलुक भित्र पूर्व–पश्चिम विद्युत आपूर्ति र भारतसँग विद्युत व्यापारका लागि ग्याँस इन्सुलेटेड सबस्टेसन (जिआईएस) प्रविधियुक्त स्वचालित ढल्कबेर मुलुककै ठूलो विद्युत् हब बनेको छ ।
नेपाल सरकार र विद्युत प्राधिकरणको करिब दुई अर्ब २० करोड रुपैयाँ लगानीमा निर्माण भएको ४००र२२० केभीको ढल्केबर सबस्टेसन ४०० केभी प्रणालीमा आधारित नेपालकै पहिलो सबस्टेसन हो ।
४००÷२२० केभी ढल्केबर सवस्टेसनमा ३१५ एमभीए क्षमताका तीन वटा गरी ९४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर छन्, जसले करिब नौ सय मेगावाट विद्युतलाई प्रसारण गर्न सक्दछ । त्यस्तै २२०÷१३२ केभी सबस्टेसनमा रहेका तीन वटा ट्रान्सफर्मरको क्षमता ६३५ एमभीए छ भने अर्को ३१५ एमभीए जडान भइरहेको छ ।
सबस्टेसन सञ्चालनमा आएसँगै नेपाल र भारतबीचको ढल्केबर–मुजफ्फपुर पहिलो ४०० केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत दुई मुलुकबीच करिब एक हजार मेगावाटसम्म विद्युत आदान–प्रदान गर्न सकिने छ । हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको निर्माण सकिएपछि करिब दुईरदुई सय मेगावाट विद्युत ढल्केबर सबस्टेसनबाट हेटौँडा र इनरुवातर्फ पठाउन सकिने छ । दोलखामा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको विद्युत गोंगर–खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनमार्फत ढल्केबर सबस्टेसम्म ल्याई मुलुकभित्र खपतका लागि पूर्व–पश्चिम पठाउन सकिने छ ।
हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न नभएसम्मका लागि अहिले रहेको १३२ कभी प्रसारण लाइनमार्फत करिब तीन सय मेगावाट विद्युत पूर्व–पश्चिम पठाउन सकिने छ । आन्तरिक खपत गरेर बढी भएको विद्युतलाई सबस्टेसनमार्फत भारत निर्यात गर्न सकिने छ ।
जिआइएस प्रविधियुक्त स्वचालित अत्याधुनिक सबस्टेसनलाई भविष्यमा थप विस्तार गर्दै जान मिल्ने गरी बनाइएको छ । भारतीय कम्पनी सतलजले निर्माण गरिरहेको ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाबाट नेपालले पाउने निःशुल्क ऊर्जा पनि यही ढल्केबर सबस्टेसनमा प्राप्त हुने छ ।
चार सय केभी सबस्टेसन निर्माणका लागि २२ माघ २०७४ मा ठेक्का सम्झौता भएको थियो । कहिले तराईको डुवान कहिले शीतलहर त कहिले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९को कहरले सबस्टेसनको निर्माण प्रभावित भएको थियो । आयोजनाको परामर्शदाताको काम नेपाली कम्पनी एनईए इन्जिनियिरिङले गरेको थियो ।नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैकको नेपाल–भारत विद्युत प्रसारण तथा व्यापार आयोजना अन्तर्गत २२०÷१३२ केभी सबस्टेसनको निर्माण भएको हो । उत्पादित विद्युतको आन्तरिक खपत एवं द्विपक्षीय तथा क्षेत्रीय विद्युत व्यापार प्रवद्र्धन लागि आन्तरिक प्रसारण एवं वितरण र अन्तरदेशीय प्रसारण प्रणालीहरुको विस्तार तथा सदृढीकरण गरिएको हो ।
Discussion about this post