जनकपुरधाम, माघ २० गते ।
मधेश आन्दोलनमा शहीद भएका परिवारहरुलाई भौतिक पूर्वाधार मन्त्रालयले जागिर दिएका छन् । एक रोजगार उपलब्ध गराउने क्रममा मङ्गलवार प्रदेश नम्बर दुईको भौतिक पूर्वाधार मन्त्रालयले मधेश आन्दोलनका शहीद मध्ये ११ परिवारलाई रोजगारी उपलब्ध गराएको हो ।भौतिक पूर्वाधार मन्त्रालयका अनुसार विभिन्न निकायमा ११ जना शहीद परिवारलाई रोजगारी दिएको छ ।मधेस आन्दोलनमा शहीद भएकाहरूको परिवारलाई रोजगारी उपलब्ध गराउने प्रदेश सरकारको प्रतिबद्धता अनुसार उनीहरूलाई करारमा जागिर दिइएको हो । मन्त्रालयका सचिव रामआधार साहले शहीद परिवारलाई नियुक्त पत्र दिएका छन् ।थप शहीद परिवारलाई स्थायी रूपमा जागिरको व्यवस्थापनका लागि पहल गरिरहेको मन्त्री जितेन्द्र सोनलले बताए ।