जनकपुरधाम, माघ २० गते ।
जनकपुरधाममा वैष्णव सनातन धर्मका प्रवर्तक आचार्य सम्राट श्री जगदगुरु श्री रामानन्दाचार्यजीको साताव्यापी जन्मोत्सव मनाइदैछ ।श्रीरामानन्दीय श्री वैष्णव संघ परिवारको आयोजनामा जनकपुरधाम स्थित रामानन्द चोकमा भक्तमाल कथा, मंगल गान र शोभा यात्रा सहित ७ दिवसीय जन्म जयन्ती महोत्सव मनाइदै छ ।माघ १६ गतेदेखि माघ २२ गतेसम्म साध्वी चन्द्रकलाले श्रीरामजानकी कथा सहितको दिउंसो २ बजेदेखि ५ बजेसम्म भक्तमाल कथा वाचन गर्दै आइरहेकी छिन् । त्यस्तै बेलुका ५ बजेदेखि ६ बजेसम्म बधाई मंगलगान प्रतिदिन गरिएको छ ।माघ २२ गतेका दिन रामानन्दाचार्यको जन्मोत्सवका दिन बिहान ८ बजेदेखि पूजाआजा, १० बजेदेखि १२ बजेसम्म भक्तमाल कथा, १२ देखि २ बजेम्म रामानन्दाचार्यको महत्व र उनले दिएको उपदेश बारे जयन्ती सभा र दिउंसो २ बजेदेखि ४ बजेसम्म नगरपरिक्रमा सहितको शोभा यात्रा निकालिने छ ।सो दिन दिउंसो ४ बजेदेखि ६ बजेसम्म मंगल बधाईगान र प्रसाद वितरण गरी जन्मोत्सव समापन हुने रामानन्दीय श्री वैष्णव संघका अध्यक्ष रामरोशन दास वैष्णवले बताए । सो जन्मोत्सव हेर्न हजारौ श्रद्धालुभक्तजन तथा साधु सन्तहरुको सहभागिता रहेको छ ।
Discussion about this post