सुचना डायरी–समाचारदाता
जनकपुरधाम, माघ २२ गते
प्रधानमन्त्री केपी शर्मा ओलीले संबेधानिक निकायमा असंबैधानिक नियुक्ति गरेको विरोधमा दाहाल– नेकपा समुहले आज एकदिने आमहड्ताल गरेको छ । जनकपुरधाममा बजार बन्द गराउन हिडेका प्रर्दशनकारी र प्रहरीबीच झडप भएको छ । दाहाल नेपाल समुहका नेता कार्यकर्ता र प्रहरीबीच जनकपुरधाममा झडप भएको हो । प्रहरी संगको झडपमा परी नेकपा दाहाल नेपाल समुहका स्थायी समिति सदस्य रामचन्द्र झा घाइते भएका छन ।
बजार गराउन जनकपुरधामको शिव चोक पुगेका नेता कार्यकर्ताहरुलाइ प्रहरीले अवरोध शृजना गरे पछि झडप भएको थियो । सोही क्रममा प्रहरीले गरेको लाठीचार्जबाट नेता झा घाइते भएका हुन । उनको टाउकोमा चोट लागेको नेकपा जिल्ला सचिव दीपक यादवले जानकारी दिएका छन । नेता झालाइ उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ ।
झडपको क्रममा प्रहरीले लाठीचार्ज गर्नुका साथै १ दर्जन राउन्ड हवाइ फायर समेत गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
यता प्रहरीले दाहाल नेपाल समुहका दर्जनौ कार्यकर्तालाइ पक्राउ समेत गरेको छ ।