
जनकपुरधाम, माघ २३ । मुख्यमन्त्री लालबाबु राउतले दलित माथिको विभेद अन्त नभए सम्म विकास र समृद्धिको परिकल्पना सम्भव नरहेको बताउनु भएको छ ।
समता फाउण्डेशनले आज जनकपुरधाममा आयोजना गरेको समाजिक न्यायका लागि सबलीकरण कार्यक्रमको समुदघाटन गर्नु हुँदै मुख्यमन्त्री राउतले सो कुरा बताउनु भएको हो ।

प्रदेश सरकारले प्रदेशको समृद्धि र विकासको लागी पछि पारिएका समुदाय दलित, महिला, मुश्लिम लगायतको उन्नति र विकासको लागी अनेकौ योजनाहरु ल्याएको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले प्रदेश सरकारले ल्याएका योजनाहरुको प्रतिफल ५÷१० वर्ष पछि समाजले अनूभूति गर्ने बताउनु भयो ।
संविधानले सुनिश्चित नगरेको भए जनप्रतिनिधिमा उनिहरुको सहभागिताको परिकल्पना समेत गर्न सक्दैन्थ्यो भन्दै उहाँले त्यसै कारण आफुहरु हरेक ऐन कानूनमा दलित महिला मुश्लिम लगायतका समुदायको पहुँचलाई सुनिश्चित गर्दै गएको बताउनु भयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य चमेली देवी दास, दलित अगुवा भोला पासवान ,प्रदीप परियार लगायतले सम्बोधन गर्नु भएको थियो ।
