जनकपुरधाम,
सेन्ट्रल फाईनान्स लि.को २४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट शेयरधनीहरुलाई ७ प्रतिशत बोनश शेयर र ३ प्रतिशत नगद लाभांश दिने निर्णय साधारणसभाबाट पारित गरेको हो ।ललितपुरको कुपण्डोलमा केन्द्रिय कार्यालय रहेको सेन्ट्रल फाईनान्सको काठमाडौको चावहिल र गोंगबु गणेशस्थान, चितवनको नारायणगढ, रुपन्देहीको बुटवल, भक्तपुरको च्यामासिंह र सल्लाघारी, महोत्तरीको बर्दिबास, नवलपरासीको बर्दघाट र बाराको सिमरा, सिन्धुलीको भिमान र डकाहा, सर्लाहीको लालबन्दी, धनुषाको जनकपुरधाम समेत हाल शाखा संख्या १४ सञ्चालनमा रहेका छन । सेन्ट्रल फाइनान्स लि.का प्रमुख कार्यकारी अधिकृत रजोज मान श्रेष्ठले झापाको बिर्तामोड, सुनसरीको इटहरी र पर्साको बिरगंज शाखा छिटै सञ्चालनमा ल्याउने गरी तयारी भईरहेको जानकारी गराउँदै भविष्यमा थप शाखा खोली शाखा सञ्जाल र कार्यक्षेत्र थप विस्तार गरिने बताए ।
उनले यस वित्तीय संस्थाको चुक्ता पुंजी रु.८२ करोड ३३ लाख, निक्षेप रु.५ अर्व २८ करोड २७ लाख र कर्जा लगानी रु.३ अर्व ५८ करोड १० लाख रहेको बताए। अधिकृत श्रेष्ठले
ललितपुरको कुपण्डोलस्थित संस्थाको कर्पोरेट भवन निर्माण भईसकेको र छिटै केन्द्रिय कार्यालय सारिने तथा प्रविधिको उच्चतम प्रयोग गरी थप आधुनिक सेवा प्रदान गर्दै लैजाने बताए ।
Discussion about this post