सुचना डायरी–समाचारदाता
जनकपुरधाम, माघ २४ गते
पब्लिक डेभलोमेन्ट ओर्गनाइजेसन युवा संघले साडी तथा फलफुल वितरण गरेको छ । शनिवार जनकपुरधाम वडा नम्बर ८ स्थित जानकी वृद्धाआश्रममा साडी र फलफुल वितरण गरेको हो । युवा संघका रंजन जयसवालको अध्यक्षता तथा अमरचन्द्र अनीलको प्रमुख अतिथिमा वृद्धाश्रममा साडी र फलफुल वितरण गरेको ओर्गनाइजेसनका अध्यक्ष निरज विक्रम साहले जनाएका छन ।
आयोजित साडी तथा फलफुल वितरण कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जितेन्द्र प्रसाद साह, महासचिब जितेन्द्र महासेठ गणेश युवा कमिटीका अध्यक्ष सन्तोष महतो शशी प्रसाद साह, जिवछ साह, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ५ का सदस्य शैलदेवी चोधरी, रमेश महतो, सिकन्दर ठाकुर, माया साह लगायतका उपस्थिति थियो । कार्यक्रमको उद्घोष प्रदिप दत्तले गरेका थिए ।