सुचना डायरी– समाचारदाता
जनकपुरधाम, माघ २५ गते
नेपाली कांग्रेसमा एक पुर्व एसपी प्रवेश गरेको छ । मोरङ्गको सुन्दरहरौंचामा आयोजित नेपाली कांग्रेसको पार्टी प्रवेश कार्यक्रममा नेपाल प्रहरीका पुर्व प्रहरी उपरिक्षक(एसपी) नरेन्द्र उप्रेतीले पार्टी प्रवेश गरेको हो । पुर्व एसपी उप्रेतीलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले एक समारोह बीच टीका लगाई र स्वागतसहित पार्टीमा प्रवेश गराएका छन । उप्रेतीसंगै राप्रपाका पुर्व केन्द्रिय सदस्य कृष्ण भट्टराई, पुर्व सह–सचिब प्रेमप्रकाश उप्रेती सहित २३३ जना कांग्रेसमा प्रवेश गरेका हुन ।२०७५ माघमा बसेको बढुवा सिफारिस समितिको बैठकले १४ जना प्रहरी उपरिक्षक(एसपी)लाई प्रहरी वरिष्ठ उपरिक्षक(एसएसपी) मा बढुवा गर्न सिफारिस गरेको थियो । उप्रेती पनि एसएसपी बढुवाका लागी प्रवल दावेदार थिए । तर उनको नाम नपरेपछि २०७५ माघ २७ गते प्रहरी प्रधान कार्यालयमा राजनिामा बुझाएका थिए ।