
सूचना डायरी
समाचार दाता
सिन्धुलीको भिमानस्थित ममता आयल सेन्टरले सरकारले तोकेकोभन्दा बढी मूल्यमा पेट्रोलियम पदार्थ बिक्री–वितरण गरेको पाइएको छ । ममताले प्रतिलिटर एक रुपैयाँ बढीमा पेट्रोलियम पदार्थ बिक्री–वितरण गर्दै आएको पाइएको हो

धनुषाको महेन्द्रनगर नेपाल आयल निगमको डिपोअन्तर्गत पर्ने सो पेट्रोल पम्पले सरकारले तोकेको मूल्यभन्दा एक रुपैयाँ बढी प्रतिलिटर पेट्रोलियम पदार्थको बिक्री–वितरण गर्दै उपभोक्ताले बताएका छन् ।
सरकारले पेट्रोल प्रतिलिटर १०८ रुपैयाँ ५० पैसा र डिजेल ९१ रुपैयाँ ५० पैसा दर रेट तोकेको छ । तर, ममता आयल सेन्टरले पेट्रोल प्रतिलिटर १०९ रुपैयाँ ५० पैसा र डिजेल प्रतिलिटर ९२ रुपैयाँ ५० पैसामा बिक्री–वितरण गर्दै आएको छ ।