
जनकपुरधाम । धनुषाको जकनकनन्दनी गाउँपालिकामा एकै दिन मन्दिर र मदरसाको उद्घाटन भएको छ । जनकनन्दनी गाउँपलिका वडा नम्बर ३ महुवामा धनुषा क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य उमाशंकर अरगरियाको संसदीय कोषबाट सरस्वती मन्दिर र मदरसा दारुल तौहिद अलसल्फियाका निर्माण भएको छ । मन्दिर र मदरसा दुबैको बिघटित प्रतिनिधीसभाका सांसद अरगरियाले उद्घाटन गरे ।

उद्घाटन गर्दै अरगरियाले समाजको माग अनुसार आफू अघि बढिरहने बताए । यस क्षेत्रको विकासका लागि आफू जहिल्यै पनि तत्पर रहने बताउँदै उनले सकारात्मक काममा सबैले सहयोग गर्नुपर्ने बताए ।
जनकनन्दनी गाउँपालिका ३ महुवाका सतन्जीव साहले दान गरेको जग्गामा सरस्वती मन्दिर निर्माण गरिएको छ । यो मन्दिरमा श्रीपञ्चमीको अवसर पारेर मंगलबार नै माता सरस्वतीको मूर्ती समेत स्थापना गरिएको छ । सरस्वती मन्दिर कुल रु १५ लाख र अमदरसा १३ लाख ५० हजारको लागतमा निर्माण गरिएको छ ।

मन्दिर र मदरसा उद्घाटनको अवसरमा जसपाका धनुष जिल्ला सचीव मनोज कुमार साह लगायत स्थानीय बिभिन्न राजनीतिक दलका प्रतिनिधी, बुद्धिजिवी, समाजसेवीको उपस्थिति रहेको थियो ।