
सूचना डाइरी
समाचार दाता
फागुन ५ बुधबार
जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साहले एकताबधभइ सहकार्यात्मक भावना बाट मात्र समृद्धि प्राप्त हुने एक कार्यक्रममा बताएका छन । जनता सहयोगी बचत तथा ऋण सहकारी संस्था लि.को १० औं वार्षिक साधरण सभालाई प्रमुख अथितिको आसनबाट बोल्दै नगर प्रमुख साहले केहिदिन पहिले मात्रै सहकारीकर्मीहरु लाई क्षमता अभिबिर्धीका लागी नगरपालिका बाट नै तालीम संचालन गरेका थिए र निकट भविस्यमा चाहिने आवश्यक सहयोग गर्ने भन्दै सहकारीकर्मीहरु पेसागत आचरण सुधार अहिले प्रमुख आवश्यकता रहेको बताएका छन । सहकारी देश विकासको मेरुदण्ड रहेको बताउंदै उनले सहकारीको विकासका लागि आफु प्रतिवद्ध रहेको बताएका छन ।

जनता सहयोगी बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष रामचन्द्र पंजियारको अध्यक्षतामा भएको सो कार्यक्रममा विशिष्ट अतिथिका रूपमा आमन्त्रित जनता समाजवादी पार्टी नेपाल का केन्द्रीय सदस्य तथा नेपाल केन्द्रीय मत्स्य सहकारी संघ लि को केन्द्रीय उपाध्यक्ष संजय कुमार साहले सहकारीलाई समृद्ध बनाउनतर्फ स्थानीय सरकारको अहम भुमिका भएको ध्यान आकृष्ट गराए ।

कार्यक्रममा सहकारीलाई सहयोग गर्ने विभिन्न व्यक्तित्व हरुलाई गमछा ओढाएर सम्मान गरिएको थिए ।
वार्षिक साधरण सभामा जसपाका केन्द्रिय सदस्य राम गोबिन्द यादव ,राराव क्याम्पसका उप प्राध्यापक चन्देश्वर प्रसाद मंडल,ग्राहक सस्क्ती अभियानका संयोजक बिनोद अधिकारी ,सहकारीकर्मी राणधीर झा लगायतका व्यक्तिहरुले मन्तव्य राखेका थिए भने कार्यक्रम उदघोषन पत्रकार ओपि साहले गरेका थिए ।
