
ओपि साह नेपाल
जनकपुर धाम ६ बिहिवार , फागुन
मिथिलाको सांस्कृतिक धरोहर काला साहित्य लाई संरक्षण संमवर्धन गर्ने अभिप्रायका साथमा जनकपुर धाम २ मा
यूके एड र सीप नेपालको सहयोग तथा रोजगारी डटकमको सहकार्यमा आफन्त नेपाल द्धारा आयोजित १५ दिने मिथिला आर्ट तालिम आज सप्पन्न भएका छ्न।मिथिला आर्ट तालिमकि प्रमुख प्रशिक्षिका निर्माला झाकी अध्यक्ष्ातामा तथा पर्यावरण संरक्षण अभियान्ता प्रदेश २ सांसद राम अशिष यादवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि यादवले हाम्रो समाजको धरोहर
साहित्य, कला, र संस्कृतिक मिथिला हस्तकला ‘मिथिला आर्ट ‘ को संरक्षण,संवर्धान र प्रबर्द्धन गर्नुपर्ने जोड दिदै हाम्रो दिदिबहिनीहरु लाई आर्थिक उपार्जन संग जोडन सके मात्रै आत्मसम्मान दरिलो हुने जिकिर गरेका छन् ।
मिथिला चित्रकला बनाउने र सिक्नेतर्फ यहाँका स्थानीय महिलाहरु आकर्षित भैरहेका परिपेक्छमा मिथिला आर्ट को व्यवसायिकरणमा पहुँच पुर्याउन सम्बन्धित संघ संस्थाले जोड दिनुपर्ने सांसद यादवले बताएका छन । यही माघ १७ गते देखि फागुन ६ गते सम्म संचालन भएका तालीममा १५ जाना महिलाहरुको सहभागिता रहेका थिए । सहभागीहरु लाइ वातावरण पर्यावरण संरक्षणका लागि सिम्बोलिक संदेश दिन प्रमुख अतिथि यादवले कपडा झोला एउटा र एउटा बिरुवा समेत उपहार प्रदान गरेका थिए ।

कार्यक्रममा सीप नेपाल प्रदेश नं.२क्षेत्रिय प्रमुख मो.साविर, सरसफाइ अभियानी रवि गोइनका,एन्टी प्लास्टिक म्यान कृष्ण चन्द्र साह, आफन्त नेपालका निर्देशक जय प्रकाश् मंडल ,जसपा धनुषाका युवा नेता अम्बु शाह लगायतकाले मिथिला आर्ट सम्बन्धमा विचार व्यक्त गरेका थिए।