
जनकपुरधाम, २० फागुन । प्रदेस नम्बर २ को आन्त्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले प्रदेस २ लाई मिडिया मैत्री बनाउन जोड दिएका छन ।
कार्यक्रममा प्रमुख अतिथिय मन्तव्य राख्दै उनले भने, ‘यस प्रदेशलाई मिडिया मैत्री प्रदेश बनाउने प्रदेश सरकारको उद्देश्य छ । प्रदेश सरकार उद्देश्य बमोजिम कार्य पनि गरिरहेका छन् । सञ्चार विधेयक ल्याउँदा सञ्चारकर्मीहरुसँग एक दुईपटक मात्र होइन, पटकपटक छलफल गर्यो, त्यसपछि मात्र सञ्चार विधेयक ल्याइएका छौ ।’

क्रिएटिभ ब्रोडकास्ट नेटवर्क प्रा.लि.को आयोजनामा शुक्रवार आयोजित समुदायिक रेडियोको समस्या र समाधान विषयक ‘कार्यशाला गोेष्ठी’मा मन्त्री यादवले मधेश सरकार गठनमा सञ्चारकर्मीहरुको ठूलो भूमिका हो । सञ्चारकर्मीहरुले खेलेको भूमिका अनुसार सञ्चारकर्मीहरुको क्षेत्रमा आफू कार्य गर्न नसकेको मन्त्री यादव स्वीकार्दै भने, ‘अब आम सञ्चार काउन्सिल, मिडिया प्राधिकरण गठन भई सकेको छ । उनीहरु १० वर्षे लक्ष्यका साथ अगाडि बढ्नेछ ।’
मन्त्री यादवले काउन्सिल अध्यक्ष र प्राधिकरण अध्यक्षलाई आग्रह गर्दै तपाईहरु एकवर्षमा गर्ने कार्य र १०वर्षमा गर्ने कार्यको योजना बनाउनुस, प्रदेश सरकार साथमा रहेको दावी गरेका छन् । संघीयतालाई बचाउन सबैको दायित्व रहेको मन्त्री यादवले भन्दै आ आफ्नो तर्फबाट प्रदेशलाई सहयोग गर्न सबैमा आग्रह गरेका छन् ।

त्यसैगरी कार्यक्रमका विशेष अतिथि कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाले समुदायिक रेडियोमा अहिलेपनि यहाँका कला, संस्कृति तथा भेषभूष उजगार गर्ने जस्ता समाचार नआईरहेको गुनासो पोखेका छन् । उनले प्रदेश सरकारले प्रदेश २को सञ्चारलाई बलियो बनाउने हरसम्भव प्रयास गरिरहेको बताएका छन् ।
राज्यमन्त्री कुशवाहाले पत्रकारहरुका लागि तालिम, गोष्ठी तथा सिखमुलक भ्रमणका लागि योजना बनाउँदैछ । यहाँका पत्रकारहरुबाट अरुले सिख्ने छ आफू विश्वस्त रहेको जिकिर गरेका छन् । यसै प्रदेशमा पत्रकारिता सम्बन्धी पठनपाठनको व्यवस्था गर्ने प्रदेश सरकार लागेको उनले दावी समेत गरेका छन् ।राज्यमन्त्री कुशवाहा भने, ‘प्रदेश सरकारले आफै रेडियो र पत्रिका सञ्चालन गरि प्रदेशका दक्ष सञ्चारकर्मी तथा पत्रकारलाई जागिरको व्यवस्था गर्ने तयारीमा छ ।’

क्रिएटिभ ब्रोडकास्ट नेटवर्क प्रा.लि.का प्रदेश अध्यक्ष अशोक दत्तको अध्यक्षतामा भएको सो कार्यक्रममा आठवटै जिल्लाका समुदायिक रेडियो सञ्चालकहरुले मन्त्री समक्ष गुनासो गरेका थिए ।
त्यसैगरी सञ्चार क्षेत्र समस्या र चुनौतीको बारेमा प्रदेश साँसद परमेश्वर साह, आम सञ्चार प्रेस काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई, आम सञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शैलेन्द्र झा, नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहान, पत्रकार शीतल साह लगायतका व्यक्तिहरुले आफ्नो धारणा राखेका छन् ।