
पपु यादव
जनकपुर धाम ,फागुन २२ सनिवार
मगही भाषा सांस्कृति र भेषभूसा संरक्षण सम्बर्द्धन गर्नका लागि धनुषाको जनकपुरधाममा वडा नं ७ जानकीनगरमा
जनगणनामा मगही भाषाको स्थान विषयमा अन्तरक्रिया
र सांस्कृतिक कार्यक्रम सम्पन्न गरेका छन ।

मगही जागरण अभियान जनकपुर धामका अध्यक्ष विजय कुमार साहको अध्यक्ष्ातामा भएको अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डा राम स्वार्थ राय यादबले मगही मानिसको आम जनसमुदायको जनजिब्रोको भाषा भएपनी आफुले बोल्ने भाषा के हो भने थाहा नभएकोले भाषालाई जागरण गर्नुका साथै सांस्कृती जोगाउनका लागि एक्ताबध भइ अगाडि बढन आग्रह गर्दै आमाको दुध संगै बोल्न सिकेका हामी इ मगही भासालाइ संरक्षण सम्बर्द्धन गर्न सम्पुर्ण मधेसी नागरिक समाजमा अग्रह गरेका छन ।
कार्यक्रममा मगहि भाषा जागरण अभियानका अध्यक्ष विजय साहले मधेसमा बस्ने ब्यक्तीहरुले बोल्ने भाषा भनेको मगही भाषा नै हो सिन्धु सभियताको ईतिहासमा उल्लेख छ भन्दै नेपालमा मगहि भाषालाई कसरी चिनाउने बारेमा प्रकाश पारेका थिए ।मगही भाषा सांस्कृति र भेषभूसा संरक्षण सम्बर्द्धन गर्नका लागि र आगामी २०७८ को जनगनामा मातृभाषा मागही लेखाउनको लागि यो कार्यक्रम हुन लागेको मगही भाषा अभियान्ता बलदेव साहले बताए । कार्यक्रममा अपिल पत्र समेत बाटेका थिए ।

मगही भाषा संदर्भमा कार्यक्रमका विशिष्ट अतिथी वरिष्ठ पत्रकार राजेश्वर नेपाली , मगही भाषा व्याकरण लेखक डा चन्देश्वर साह,बलकेस्वर ठाकुर ,रधुनाथ दास, राम लखन ठाकुर, वडा अध्यक्ष जानकी राम साह,बलदेब साह, अजय साह लगाइतका ले मन्तव्य राखेका थिए ।