
जनकपुर धाम ,फागुन २५ मंगलबार
राम जानकी हस्पिटलले आर्थिक रूपमा विपन्न रहेका व्यक्ति एक समाजिक अगुवा बाट जानकारी प्राप्त भएपछि अस्पताल प्रसासनले लागने उपचार खर्च मिनहा गरेका जानकारी अस्पताल प्रबंधक विकास चन्द्र गुप्ताले जानकारी गराएका छन ।
विदेह नगरपालिका वार्ड नम्बर ३कर्माही बस्ने बजरंगी ठाकुरका १ बर्षका छोरा भरोसी ठाकुर यही फागुन २१ गते शुक्रबार स्वास प्रस्वास सम्बन्धि सिकिस्त विरामी भएको अवस्थामा अस्पताल लयाएका थिए ।डाक्टरका अनुसार बच्चालाई फिभर ,फास्ट वृद्धिग ,कफ कोलड लगायतका समस्या रहेका थिए ।बच्चाको बुवा मजदुरी गरि जिविको पार्जन गर्छन् भने घर वाहेक जग्गा जमिन नभएको परिपेकक्षमा समाजिक उत्तरदायित्व अन्तरगत अहिलेसम्म अस्पताल उपचार खर्च रुपैयाँ ६३,३०० लागेको मिनहा गरेको छु भने अझै डाक्टरको निगरानीमा एक दुई दिन बस्नुपर्ने हुन सक्छन् र अरु दुई दिन बस्दा लागने उपचार खर्च नि शुल्क गर्न लागेको अस्पताल प्रसासनले जानकारी दिए ।