
सुचना डायरी सम्बादाता इटहरी २८ शुक्रबार , फाल्गुन
संसारैभरी फैलिरहेको ईन्टरनेटमा आधारित अत्याधुनिक ब्यापारिक पद्धती “प्रत्यक्ष-बिक्री पद्धति”लाई सरकारले ऐन र नीयमावली सहित ब्यवस्थित गरेपछी यो ब्यापारिक पद्धतिको बारेमा बर्षौं देखिको बहसले यतिबेला नेपालमा पनि तार्किक निकास प्राप्त गरेको छ।

आजभन्दा ६० बर्ष अघि अमेरिकाबाट शुरू भएको डाईरेक्ट सेलिङ्ग व्यापारको महत्वलाई आत्मसात गर्दै हाम्रा दुवै छिमेकी भारत र चीनले कानुनी मान्यता दिएको बर्षौं पश्चात् नेपाल सरकारले समेत यो ब्यवसायको सुन्दरता बुझेर प्रत्यक्ष बिक्री ब्यवशायलाई वैधानिकता प्रदान गरेको हो।
हाल नेपालमा प्रत्यक्ष बिक्री ब्यवशाय गर्ने लाईसेन्स प्राप्त सात कम्पनीहरू मध्येको एक नेचरहर्ब्स ईन्टरनेसनल प्रा.ली.ले एकसाथ बुटवल,पोखरा र ईटहरीमा आफ्नो क्षेत्रीय कार्यालयको समुद्घाटन गर्दै व्यापार बिस्तार कार्यलाई तिब्रता प्रदान गरेको छ।

“नेपाली जरिबुटीजन्य उत्पादनहरूको विश्व बजारीकरण गर्ने पवित्र उद्देश्यका साथ नेचरहर्ब्स ईन्टरनेसनलले सातवटा देशबाट आफ्नो व्यापार बिस्तार गरिसकेको छ। हामी स्वदेशी उत्पादन लिएर विश्व बजारमा पुगिरहेका छौं। यो अपार गर्वको बिषय हो। यसले एकातिर स्वदेशमा रोजगारी सृजना र आयात प्रतिस्थापनमा टेवा पुर्याईरहेको छ भने अर्कोतर्फ, देशमा बिदेशी मुद्रा भित्र्याउँदै मुलुकको आर्थिक जीवनमा योगदान गर्दैछ।” ईटहरी क्षेत्रीय कार्यालय शुभारम्भका निमित्त शुक्रबार त्यहाँ आईपुग्नु भएका कम्पनिका कार्यकारी निर्देशक कुमार रम्तेलले बताउनु भयो।

उद्घाटन कार्यक्रममा “नेपाल डाईरेक्ट सेल्स एसोसिएसन” (NDSA)का अध्यक्ष समेत रहनुभएका कम्पनीका उपाध्यक्ष छवि जोशी,कानुनी सल्लाहकार बाबुराम कुँवर,प्रवन्ध निर्देशक अनन्तबाबु राई,निर्देशक द्वय बीरबहादुर रानाभाट तथा विनोद रोक्का लगायत स्थानीय नेचरहर्ब्सकर्मीहरूको उपस्थिती थियो। भेलाले कम्पनीको क्षेत्रीय निर्देशकका रूपमा सन्तोष धमलालाई जिम्मेवारी तोकेको छ।
प्रत्यक्ष बिक्री ब्यवशाय असाध्यै विशाल संभावना बोकेको ब्यवशाय हो भन्दै भेलामा सहभागी नेचरहर्ब्सका “ग्लोबल भिजन टिम लिडर” मदनकुमार अधिकारीले यो ब्यवशायले देशमा उद्यमशिलताको नवीन अध्यायको थालनी गरिदिएको बताउनु भयो। “नेचरहर्ब्स जस्तो भिजन र सुदृढ पूर्वाधारयुक्त कम्पनीले स्वदेशी जडिबुटीको अन्तरास्ट्रिय स्तरमा प्रवर्द्धन गर्नु राष्ट्रकै निम्ति समेत गौरव बढाउने कार्य भएको बताउँदै एक्लै नेचरहर्ब्सले लाखौं नेपाली युवाहरूलाई सम्मानजनक रोजगारी सुनिश्चित गर्ने प्लेटफर्म बनाएर अघि बढिसकेको जानकारी दिनुभयो।