
महोत्तरी ,लोहरपटी ५ बिहिवार ,चैत
लोहरपटी नगरपालिकाकि उप प्रमुख सरिता शर्माले कानुनी रूपमा दण्डनीय अपराध भए पनि समाजले यसलाई भित्रै देखी अपराध मान्न नसक्दा विभिन्न समाजिक समस्या भएको उप प्रमुख शर्माले बताएकी छन ।
बालबालिका सम्बन्धी ऐन २०७५ मा पनि बालविवाह गरेमा दण्डनीय हुने स्पष्ट रुपमा उल्लेख छ तर पनिधार्मिक संस्कार, कन्यादान गरेपछि बोझ घट्ने, छोरी अर्कैको सम्पत्ति हो भन्नेजस्ता समाजिक नकारात्मक सोचाइले धेरैजसो बालबालिकाको छोटो उमेरमै विवाह हुने गरेको धारणा राख्दै उप प्रमुख शर्माले भनिन्, ‘गाउँसमाज सबै सचेत नहुँदासम्म बालविवाह रोक्न सकिँदैन । बालबालिकाको भविष्यप्रति सबै सचेत हुन जरुरी छ ।’


सहिद शिव चन्द्र स्मृति भवन लोहरपटीमा आज बिहिवार बालविवाह तथा उमेर नपुगी र जवरजस्ती गरिने विवाह न्यूनीकरण परियोजना द्वारा आयोजित कार्यक्रममा वार्ड ५ का अध्यक्ष सेख निसरुदिनले समाजिक अगुवाहरु पंडित ,पुरोहित ,लमि मौलवी ,प्रहरी ,शिक्षक ,आमा समुह लगायतकाले प्रभावकारी भुमिका खेल्नुपर्ने बताउदै
कानुनविपरीतको काम हो भन्ने सन्देश सबैतिर फैलाउनुपर्छ ।
कार्यक्रममा नगरपालिकाका अधिकृत बिनोद कुमार यादव , नेविसंघ महोत्तरीका जिल्ला अध्यक्ष रोशन ठाकुर ,शिक्षक श्यामसुन्दर यादव ,राम कृष्ण मंडल ,रेनु गुप्ता रौनियार ,राम आशिष चौधरी ,झम्केश्वर ओझ लगायतका ले समाजिक जागरण संदर्भमा मन्तव्य राखेका थिए ।