
रेविता शाह
जनकपुर धाम १४ सनिवार ,चैत
जनकपुरधाम । होलीको पूर्व सन्ध्यामाखेल्दै सिक्ने केन्द्र द्वारा बिधालय भर्ना भएका बालबालिकाहरु लाई शैक्षिक सामग्री वितरण गरिएको छ । श्री हनुमान सामुदायिक अध्ययन केन्द्रमा रहेका विद्यार्थीहरुलाई समुन्नत नेपाल तथा जनकपुरधाम उपमहानगरपालिकाको सहयोग तथा हनुमान सामुदायिक अध्यन केन्द्र को आयोजनामा भएको हो ।उक्त सामग्री वितरण कार्यक्रमका प्रमुख अतिथीका रुपमा रहेका जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले कार्यक्रमलाई संबोधन गर्दै शिक्षाले नै मानिसको जीवन अमुल्य हुने भएकोले शिक्षालाई पहिलो प्राथमिकता दिनुपर्छ । भन्दै मेयर साहले अहिलेसम्ममा अलि शिक्षा सुधार भए पनि आमूल परिवर्तन को अपेक्षाको साथमा कार्यगरीरहेको धारणा व्यक्त गरेका छन् ।शिक्षालाई कसैले चोर्न पनि नसक्ने भएकोले अदृश्य शक्ति शिक्षालाई पहिलो प्राथमिकता मा राख्न ’ सहभागी अभिभावहरुलाई जोड दिएका हुन् । मेयरले उमेर न पुगिकन बालविवाह नगर्न समेत सुझाएका छन् ।
। सो अवसरमा जनकपुरधाम उपमहागरपालिकाका शिक्षा शाखाकी अधिकृत अन्जु पाण्डे,जनकपुरधाम उ.म.न.पा.११ का अध्यक्ष रामचन्द्र साह, सरस्वती मा.वि.जनकपुरका प्रधानाध्यापक सत्यनारायण मण्डल,कन्या मा.वि.जनकपुरका प्र.अ.मेघनारायण राउत तथा संचारकर्मीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको अध्यक्षता हनुमान सामुदायिक अध्ययन केन्द्रकी अध्यक्ष उषा देवी साहको रहेको थियो भने संयोजन लालबाबु हाथीको रहेको थियो । सो क्रममा उद्घोषण ओम प्रकाशले गरेका थिए ।सो अवसरमा उपस्थित व्यक्तित्वहरुले आ आफ्नो मन्तव्य राखेका थिए ।