
ओ पि साह
जनकपुरधाम, १४ चैत । होलीको पूर्व सन्ध्यामा जेसीआईले भव्य रुपमा होली महोत्सव मनाइएका छन् ।
जनकपुर जेसीज द्वारा जेसीजको आस्थालाई आत्त्मसाथ गरी “कि मनुष्यको बन्धुत्व भावना राष्ट्रहरुको प्रभु सतादेखि सर्वपरी छ” भने मर्म लाई आत्मसाथ गर्दै जनकपुर जेसीजको सचिवालय मा “होली मिलन समरोह” महोत्सव मनाइएका छन् ।
जेसीआई धनुषा अध्यक्ष मनोज साहको अध्यक्षतामा भएको होली महोत्सवका प्रमुख अतिथि जनकपुरधाम उपमहानगरपालिका मेयर लालकिशोर साहले एकता, भाईचारा , प्रेम र स्नेह तथा असत्यमाथि सत्यको विजय भएको दिनको रुपमा होलीलाई लिने गरेको बताएका छन् ।
उनले भने, ‘जेसीज एउटा क्षमतावान युवालाई प्रोत्साहन गर्ने ठाउँ हो । यसलाई सबैले सहयोग गर्नुपर्छ ।’
कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष निर्मल चौधरी, जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य संजय साह, विष्णुदेव साह, जेसीआईका पूर्व पदाधिकारी लगायतले होलीको अवसरमा आफ्ना विचार राखेका छन् ।
त्यसैगरी सहभागीहरुले एकअर्कामाथि रंग अबिर दलेर होलीको शुभकामना आदान प्रदान गरेका छन् ।