जनकपुरधाम, चैच १५ गते
मिथिला नाट्यकला परिषदल्े प्रत्येक वर्ष महामुर्ख सम्मेलन मनाउँदैं आइरहेको छ । रजत मिनापको यस वर्षको रजत जयन्तीको अवसरमा नेपालका चर्चित हास्य कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवैश अचार्य९ महजोडी०लाई महामुर्खको उपाधीबाट सम्मान गरेका छन । त्यस्तै प्रदेश नं २ का भौतिक पुर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलाई मुर्ख सिरोमनीको उपाधीबाट मिनापले सम्मान गरेको हो । त्यसैगरि चित्रकार एससी सुमनलाई तरघुस्का, मैथली विकाष कोषका अध्यक्ष जिवनाथ चौधरीलाई पटमुर्खको उपाधि दिइएको छ ।जसपा नेता राजिव झालाई बंशकुरहिर, जनकपुरधामको वडा नं।४ का वडा अध्यक्ष सुदर्शन सिंहलाई बैशाखानन्द, सञ्चार उद्यमी शंकर साहलाई मुसरीलाल, वरिष्ठ पत्रकार एवं साहित्यकार अशोक दत्तलाई बोतलानन्द, वरिष्ठ पत्रकार तथा सञ्चार उद्यमी शितल साहलाई ढोरवा, महिला नेतृ बिन्दु ठाकुरलाई खापसुरती, प्रशिक्षक विरेन्द्र कर्णलाई बज्रकिट, डा। सुजित झालाई सिलौटानन्द, मोडल मल्टिपल कलेजका सञ्चालक विरेन्द्र साहलाई लोरहाशंकर, हरित अभियानी सुरेश शर्मालाई हरसंख, शिक्षक संघ प्रदेश २ का अध्यक्ष मेघनाथ यादवलाई चौपटानन्द र जसपा नेता शेषनारायण यादवलाई चोन्हमाको उपाधि दिइएको छ ।