
जनकपुरधाम ,२० शुक्रबार , चैत्र ।मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने मुलनाराका साथ ६४ औं राष्ट्रिय सहकारी दिवस एक कार्यक्रमको आयोजनागरि जिल्ला मुल समारोह समिति धनुषा द्वारा मनाएका छन ।शुक्रबार जिल्ला मुल समारोह समिति धनुषाको समन्वयमा जिल्ला सहकारी संघ लि . धनुषा , जिल्ला कृषि सहकारी संघ लि . धनुषा,जिल्ला मत्स्य सहकारी संघ लि . धनुषा, दुग्ध उत्पादक सहकारी संघ लि . धनुषा द्वारा मनाएका छन ।
राष्ट्रिय सहकारी महासंघका संचालक राम बाबु यादवकाअध्यक्षतामा भएका कार्यक्रमको प्रमुख अतिथि जनकपुर धाम उपमहानगरपालिका का प्रमुख लाल किशोर साह रहेका थिए । प्रमुख अतिथिकै आसनबाट नगर प्रमुख साहले सहकारीले उत्पादनमा जोड दिइ आत्मनिर्भर समाज निर्माणमा दिनुपर्ने बताए । उनले दिगो विकास लक्ष्य प्राप्तिमा सरकार र निजी क्षेत्र र सहकारीको पनि जिम्मेवारी रहेको बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपा अध्यक्ष दिपक कुमार झा , मत्स्य सहकारीका राष्ट्रिय उपाध्यक्ष तथा जसपाका नेता संजय कुमार साह ,जसपाका युवा नेता तथा सहकारीकर्मी सिताराम यादव , बिशनु प्रसाद प्राजुली लगायतका व्यक्तिहरुले विचार राखेका थिए ।