जनकपुरधाम, चैत २४ गते
जनकपुरधाम उद्योग वाणिज्य संघको निर्वाचन यहि २८ गते हुने भएको छ । निर्वाचनको समय नजिकदै जाँदा उम्मेदवारहरुले प्रचार प्रसार कार्यलाई निरन्तरता दिएको छ । निर्वाचनका लागी जम्मा ३९ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका छन् । जनकपुरधाम उद्योग वाणिज्य संघको चैत २८ गते हुने निर्वाचनका लागी महासचिब पदमा ७ जनाले उम्मेदवारी दिएका छन् । युवा व्यवसायी महासचिब पदका उम्मेदवार मनोज साह दवाई बाला यति बेला निकै चर्चामा रहेको छ । मनोज साह दवाई बाला चर्चा सुरुसंगै व्यापारीहरु माझ लोकप्रिय उम्मेदवार बनेका हुन ।
समाजिक क्षेत्रहरुमा समेत नाम कमाउन सफल मनोज व्यपारीहरु माझ निकै लोकप्रिय उम्मेदवारको रुपमा रहेको छ । उद्योगी व्यवसायीको भावना अनुरुपको काम कुशलता पुर्वक गर्न प्रष्ट देखिएको हो । जउँवा संघको व्यवसायिक हकहित ,व्वयसायिक वातावरण निर्माण र सुरक्षाका लागी कुनै कसर नछाड्ने प्रतिवद्धता दिदैं आइरहेको छ । एक असल युवा व्यवसायी मनोज दवाई बाला रहेकोले विजयी सुनिश्ति रहेको धेरैको बुझाई छ ।