
अनिल साह
वीरगञ्ज २६ चैत्त नेपाल खानेपनि संस्था वीरगञ्ज शाखा द्वारा आज अनुगमन सुरु गरेको छ । केहि व्यक्तिहरुले संस्थानको पाईपबाट पानी चोरी गरी प्रयोग गरीरहेको र संस्थानले उत्पादन गरेको पानी बराबरको महशुल्क कार्यालयमा नआए पछी संस्थानले आजदेखी दैनिकरुपमा अनुगान गर्ने भएको छ ।पानी चुहावट भएको बिषेश सुचनाको आधारमा आज बिहान ७ बजे देखी ९ बजेसम्म बिरगंजको छपकैयामा अनुगमन गर्दा संस्थानले जडानगरेको पाईपबाट पानी चोरीगरी उपभोग गर्नुका साथै पानीको दुरुपयोग भइरहेको नेपाल खानेपनि संस्था वीरगञ्ज शाखा प्रमुख निरान महर्जनले बताएका छन । उनका अनुसार बिगतका दिनहरुमा कार्वाहीमा परी पानीको लाईन कट्टा गरीका व्यतmीहरुले बिना अनुमती आफैले पाईपजोडी पानीको उपभोगरीरहेको पाएकोमा संस्थाको ध्यानकेन्द्रीत भएको छ । र यस्ता कार्य गर्ने गराउने व्यतिmलाई दश हजार रुपैया सम्म जरीवाना वा पाँच वर्षकैंद वा दुबै सजाय हुनसकने बिधानमा भएको हुदा कानुनको दायरामा ल्यायाई कर्वाही गर्ने शाखा प्रमुख महर्जनले बताएका छन ।
नेपाल खाने पानी संस्थान वीरगञ्ज शाखाको पानीको पाईपलाईन घरहरुमामात्र नभई बिभिन्न संघसंस्था,कलकारखाना लगायतहरुमा प्रयोगमा गनेगरेको पाईन्छ । तर उपभोग गर्ने बिभिन्न कलकारखानाहरु लगायत व्यक्तीहरुले पानीको महशुल्क नबुझाउदा १० करोड जति बांकियौत उठाउन बाकिरहेको संस्थानले जनाएको छ । बकियौता उठाउनु पर्नेमा बिषेश गरी कलकारखानाहरु लगायत व्यक्तीहरु रहेका संस्थाले जानकारी गराउदै आज अनुगमनको क्रममा वीरगञ्ज महानगर पालिकाको नगर प्रहरीमा कायरत खैरुदिन हवारी छपकैया स्थित आफनो निजि निवासमा संस्थानको पाईलाईनबाट पानी चोरी गरोको भेटीको हुर्दा कार्वाही तथा जरीवाना गर्न नेपाल खाने पानी संस्थान वीरगञ्ज शाखा बोलाईको संस्थानले जनाएको छ ।