जनकपुरधाम, चैत २९ गते
नयाँ नेतृत्वका लागी भएको जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्ष पदमा जितेन्द्र महासेठ निर्वाचित भएका छन् । निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वि जितेन्द्र प्रसाद साहलाई लगभग १३ सय मतान्तरले पराजित गर्दै महासेठ अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।मतदानमा खसेको कुल ४ हजार ३ सय ११ मत मध्ये २ हजार ८ सय ३५ मत महासेठले प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वि साहले १ हजार ४ सय ९८ मत प्राप्त गरेका हुन् ।वरिष्ठ उपाध्यक्षमा मनिष रमण साह २१९५ मत ल्याएर निर्वाचित भएका छन् । साहका प्रतिद्वन्द्वि सुरेन्द्र कुमार भण्डारीले २१५० मतल्याई पराजित भएको छ ।उक्त पदमा जम्मा ५४ म बदर भएको निर्वाचन अधिकृति संतोष साहले जनाए । उपाध्यक्ष–अम्मू प्रसाद साह १०३० ल्याई विजयी भएका छन् ।
उनका प्रतिद्वन्द्वि अनील प्रधान ४५२ मत,फुलगेन साह४६८ मत,लक्ष्मण साह १००६ मत,रमेश यादव ३७३ मत,संतोष कु. साह २६५,श्याम प्रसाद साह ६७२ मत ल्याएका हु भने सो पदमा १३३ मत बदर भएको छ ।महासचिब पदमा मनोज कुमार साह(दवाईबाला)१९०० मत ल्याई विजयी भएको छ । उनका प्रतिद्वन्द्वि अशोक चौधरी६६२ मत,कृष्ण कुमार मुरारी(गुड्डु)१४० मत,मनोज कुमार साह(आलु,प्याज) १५९ मत,मनोज साह(कवाड)७९ मत,राम कुमार महासेठ ६६३,सुधिर पंजियार ६५१ म्त ल्याएका छन् भने सो पदमा ६७ मत बदर भएको हो ।सचिब फुलदेव पंडित–२३४१ म्त प्राप्त गरी विजयी भएको छ । उनका प्रतिद्वन्द्वि गोपी साह(चन्दन)–१२९४,संतोष महासेठ ६६९ प्राप्त गरी पराजित भएको छ । सो पदमा ४८ मत बदर भएको छ ।
कोषाध्यक्ष–परमेश्वर साह(आशा)–२१०७ प्राप्त गरी विजयी भएको छ ।
विजय साह–१५०६ र मनोज शर्मा ६१४ मत ल्याक्षर्् पराजित भएका छन् । उक्त पदमा ६१ मत बदर भएको छ ।
महासेठले धनुषाका उद्योगी व्यापारीहरुले आफूलाई संघको नेतृत्व प्रदान गरेकोमा धन्यवाद व्यक्त गरेका छन् । उनले धनुषाका उद्योगी व्यापारीहरुले देखाएको आफूमाथीको विश्वासलाई बलको रुपमा प्रयोग गर्दै आगामी दिन थप उर्जाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।यता अध्यक्ष पदमा पराजित भएका जितेन्द्र प्रसाद साह सामाजिक संजालमै लेखेर आफ्नो हार स्वीकार गरेका छन् । यसका साथै उनले आफूलाई मत दिएका मतदाताहरुलाई धन्यवाद ज्ञापन गरेका हुन् । सदस्य पदका उम्मेदवारहरुको मतगना जारी नै रहेको निर्वाचन अधिकृत संतोष साहले जनाए ।
।