
सूचना डायरी रिपोर्टर
जनकपुरधाम, बैशाख ३ : महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली कुमारी महतोले २०७८ भित्र सडक मानव मुक्त देश तथा २०८२ सम्ममा बालबिबाह मुक्त देश घोषणा गर्ने लक्ष्यका साथ सरकार अगाडि बढिरहेको बताएकी छन् । समाजिक क्षेत्र रास्टको गौरब आजको प्राथमिकता ,समृद्धि र सुखको लागि समाजिक रुपान्तरण र उधमशिलता नाराका साथमा समाज कल्याण परिषद्को आयोजनामा जनकपुरधाममा आयोजित ‘सामाजिक रूपान्तरणमा सङ्घ संस्थाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री महतोले भने, ‘समाजमा पछाडि परेका वर्गको रूपान्तरण नभएसम्म देशलाई समृद्ध र सुखी नसक्ने बताएकी छन ।मन्त्री महतोले सामाजिकपरिवर्तनका बैरियर रहेका अशिक्षा ,बालविवाह, दाइजो, बोक्सीको अन्त्य गर्नका लागि सङ्घ, प्रदेश तथा स्थानीय सरकारले काँधमा काँध मिलाएर एक साथ अगाडी बढ्न आवश्यक भएको बताईन् । उनले प्रदेश २ मा एक तथ्यांक अनुसार बालबालिका, महिला, आमा र शिशु सवैको स्वास्थ्यको दृष्टीकोणले पछाडि रहेको भन्दै सोहि अनुसारको काम गर्नुपर्ने बताए ।
कार्यक्रममा गैर सरकारी सङ्घ संस्थाका सञ्चालकहरू, प्रदेश सरकारका प्रतिनिधिहरू तथा विभिन्न पालिकाका प्रमुख एवं उपप्रमुखहरू उपस्थिती थियो । आर्थिक सहयोग शेभ द चिल्ड्रेनले गरेको कार्यक्रममा दुई दिनसम्म गैर सरकारी सङ्घ संस्थाहरूले देश निर्माणमा कसरी योगदान दिन सक्दछ भन्ने विषयमा छलफल हुने छ । कार्यक्रममा जनकपुरधाम उपहानगरपालिकाका प्रमुख, उपप्रमुख, सवैला, मिथिला, मिथिला विहारी सहितको स्थानिय तहका प्रमुख र उपप्रमुख पत्रकारहरुको सहभागिता रहेको थियो ।