जनकपुरधाम, बैशाख ४ गते
प्रदेश नम्बर २ का भौतिक पुर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले नदि निरिक्षण गरेको छ । मन्त्री सोनल र प्रदेश सांसद परमेश्वर साह, संजय सिंह सहितका टोलीले नदि निरिक्षण गरेका छन् । वर्षाको समय नजिदिकिएपछि सोको मध्य नजर राख्दै शनिवार मन्त्री सोनल र सांसद साहले धनुषाको गणेशमान चारनाथ नगरपालिका २ स्थित बालुवा नदि निरिक्षण गरेका हुन । मन्त्री सोन र सांसद साहले नदि निरिक्षण पश्चात पार्टीका नेता तथा कार्यकर्ताहर संग भेटभाट गरेका छन् ।