जनकपुरधाम, बैशाख ८ गते
महिलाहरुको क्षमता अभिवृद्धिका लागी जनकपुरधाममा संचालित ७५ दिने सौन्दर्यकला व्युटिसियन तालिम समपन्न भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० वार्षिक कार्यक्रम अन्तर्गत शिप मुलक व्यूटिसियन तालिम सम्मपन्न भएको हो । बुधवार जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद खडका प्रमुख अतिथि तथा सम्झाना प्रशिक्षण केन्द्र द्वारा संचालित ७५ दिने सफलता पुर्वक सम्मपन्न भएको छ ।
वडा नं १० का अध्यक्ष मिथिलेश कर्णको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसन्न बाट बोल्दै जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद खडकाले तालिममा सिकेको ज्ञान र शिपलाई व्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गरेका छन् । उनले बरोजगार महिलाहरुको लागी क्षमता र अभिवृद्धिका लागी अगामी दिनमा यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिने अवश्यक रहेको बताए । तालिममा सहभागी महिलाहरुलाई प्रमाण पत्र तथा सम्मान प्रदान गरेका छन् । तालिममा ३० जना महिला सहभागि भएका थिए । उक्त कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका लेखा अधिकृत नन्द कुमार झा, वडा सदस्य अमर साह, मिना देवी साह, अमर मंडल, वडा नं १० सचिब जमूना भूजेल,अम्बिका पाठक, रोजिन गुप्ता लगायतका सहभागिता भएका थिए ।