जनकपुरधाम,बैशाख ९ गते
जनकपुरधाममा आयोजित ९ दिने नवाह समपन्न भएको छ ।जनकपुरधाम उपमहागरपालिका वडा नम्बर ११ देवी चौक स्थित श्री १०८ मनोकामना सिद्ध हनुमान मन्दिरमा जारी ९दिने रामायण आज सफलता पुर्वक सम्मपन्न भएको हो । ९ दिने नवाहमा धनुषा जिल्ला भरीका मठ–मन्दिर र कुट्टीका १५१ साधुसन्तको सहभागिता रहेको थियो ।मनोकामना सिद्ध मन्दिरका पुजारी शिवशरण बैष्णवको रोहवर तथा मन्दिरका संयोजक सियाराम साहको अध्यक्षमा आज विधिवत रुपमा सम्मपन्न भएको हो । नवाह समापन पश्चात १५१ कुट्टीका महन्थ साधुसन्त लगायतलाई सम्मान तथा भण्डारा, प्रसाद ग्रहण गराएका हुन । ती १५१ साधुसन्तहरुलाई वडा नं ११ का नागरिक समाज संग चन्दा संकल्न गरी प्रसाद(भण्डारा) गराएको हो ।