जनकपुरधाम,बैशाख ९ गते
ज्नकपुरधाममा मास्क नलगाउने आज दिन भरीमा ५ हजार भन्दा बढिलाई प्रहरीले नियन्त्रणमा लिएका छन् ।मास्क नलगाई बजार तथा सार्वजनिक स्थानहरुमा हिँडडुल गरिरहेका ५ हजार भन्दा बढि जनालाई नियन्त्रणमा लिइएको धनुषा प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक(डिएपी) मकेन्द्र मिश्रले जानकारी दिए। जनकपुरधाम उपमहानरपालिकाको बजार क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिइएको मिश्रले बताए।
जिल्ला प्रशासन कार्यालय धनुषाले कोरोना संक्रमण नियन्त्रण तथा थप फैलिन नदिन यसअघि नै सूचना जारी गरी मास्क लगाएर मात्रै बाहिर निस्कन सर्वसाधारणलाई आग्रह गरेको थियो।यस समबन्धमा प्रहरीले पनि ठाउँठाउँमा माइकिङ गरी सर्वसाधारणहरुलाई अनिवार्य मास्क लगाउन अनुरोधसमेत गरेको थियो। तर अटेर गरेर मास्क प्रयोग नगर्नेलाई नियन्त्रणमा लिन थालिएको प्रहरीले जनाएको हो।विहिवार नियन्त्रणमा लिइएका सबै जनालाई दुई घण्टासम्म नियन्त्रणमा राखि छाडिएको डिएसपी मिश्रले जनाएका छन् । संक्रामक रोग ऐन २०२० अनुसार विगतमा पनि एक सय रुपैयाँ जरिवाना गरी छाडिएको पुन शुक्रवार(भोलि) देखी एक सय जरिवाना लिई छाडिने प्रहरी डिएसपी मिश्रको भनाइ छ।
यता जनकपुरधाम उद्योग वाणिज्य संघले चौक चौकमा मास्क वितरण गरेको छ ।वणिज्य संघका सम्पूर्ण नव निर्वाचितले आज जनक चौकमा ५ सय भन्दा बढि मास्क वितरण गरेको संघका अध्यक्ष जितेन्द्र महासेठले बताए । दोस्रो चरणमा पनि विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस नेपालमा पनि सङ्क्रमण फैलिने सम्भावना देखिएपछि विना मास्क लगाई बाटोमा हिडने सर्वसधारणलाई जउवा संघले मास्क निःशुल्क मास्क वितरण गरेका हुन ।कोरोना भाइरसको संभावित जोखिमलाई ध्यानमा राख्दै विना मास्क लगाई बाटोमा हिडनेलाई धनुषा प्रहरीले १ दर्जन भन्दा बढिलाई नियन्त्रणमा लिएका हो । जउवा संघका नव निर्वाचित पदाधिकारी जितेन्द्र महासेठ, उपाध्यक्ष अम्मू साह, महासचिब मनोज साह(दवाई), सचिब फुलदेव पंडित,एसोसिएट सदस्य राजीब साह(चन्दन)सदस्य धर्मेन्द्र साह, निरज विक्रम साह, प्रकास साह, माया साह,राकेश साह लगायतका पदाधिकारीहरले निः शुल्क मास्क वितरण गरेका हुन ।जउवा संघले शुक्रवार भानु चौक, हनुमान नगर लगायतका ठाउँमा विहान मास्क वितरण गरिने महासचिब मनोज साहले भने । यस अघि उववा संघले एक विज्ञप्ती जारी गरी समय– समयमा हात धुने,अनिवार्य रुपमा आफू पनि र ग्राहकलाई पनि मास्क प्रयोग गर्न लगाउने, सेनिटाइजरको प्रयोग गर्ने,भौतिक दुरी कायम गर्ने, भीडभाड, मेला, हाटबजारमा नजाने,पसलमा पनि समाजिक दुरी कायम राख्न सबैमा अनुरोध गरेका थिए ।
Discussion about this post