जनकपुरधाम,बैशाख १० गते
नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशनबाट निर्वाचित भएका प्रदेश २ समितिका पदाधिकारी तथा सदस्यहरुको पद तथा गोपनियताको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।
महासंघका निर्वाचित अध्यक्ष राजेश कुमार कर्ण सहित सम्पुर्ण पदाधिकारी तथा सदस्यहरुलाई नेपाल पत्रकार महासंघ धनुषामा निर्वाचन आयुक्त रामभरत साहले प्रमाणपत्र वितरण गर्नुका साथै पदभार ग्रहण गराएका छन् ।
प्रदेश २ समितिका निवर्तमान अध्यक्ष दिपेन्द्र चौहानले नवनिर्वाचित अध्यक्ष कर्णलाई पद हस्तान्तरण गरेका छन् । कार्यक्रमका बिच निर्वाचन समितिमा सफलतापुर्वक कार्य सम्पादन गरेको भन्दै निर्वाचन आयुक्त रामभरत साह सहितका सवै सदस्यहरुलाई समेत सम्मान गरिएको छ ।
नेपाल पत्रकार महासंघ प्रदेश २ समितिको अध्यक्षमा राजेश कुमार कर्ण, उपाध्यक्षमा रामानन्द प्रसाद गुप्ता, महिला उपाध्यक्षमा ज्योति झा, महासचिवमा श्याम प्रसाद बञ्जारा, सचिवमा अजित कुमार सिंह, समावेशी सचिवमा भोला पासवान र कोषाध्यक्षमा विश्वनाथ ठाकुर निर्वाचित भएका छन् ।
त्यस्तै, सदस्यहरु अजय कुमार साह, महेश्वर अधिकारी, शैलेन्द्र कुमार झा, सन्तोष कुमार सिंह र त्रिलोकी नाथ यादव रहेका छन् भने महिला सदस्यहरुमा प्रतिभा झा, लक्ष्मी खरेल र बरुणा कर्ण रहेका छन् ।
मधेशी सदस्यमा नविन मिश्र र संजय राउत, जनजाति सदस्यमा रोयाण्टर मण्डल र शंकर श्रेष्ठ, दलित सदस्यमा कैलाश दास र अल्पसंख्यक सदस्यमा हदिस खुद्दार निर्वाचित भएका छन् ।