जनकपुरधाम, बैशाख ११
धार्मिक समाजिक क्षेत्रमा कार्य गर्दै आइरहेका एक क्लबमा आज तालाबन्दी गरेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ स्थित जनकपुर युथ क्लबमा क्लबका पुर्व अध्यक्ष तथा पदाधिकारीहरुले तालाबन्दी गरेका छन् । नयाँ कार्यसमितिका पदाधिकारीहरुले गुपचुप तरिकाले गोप्य रुपमा सपथ ग्रहण गर्न लागेको भन्दै पूर्व अध्यक्ष एवं सदस्यहरुले जनकपुरधाम–७ स्थित क्लबको कार्यालयमा तालाबन्दी गरेका हुन् ।
पूर्व अध्यक्ष गोबिन्द राय (चन्दन) ले जिल्ला प्रशासन कार्यालय धनुषामा आफूहरुले मुद्दा दिएको र सो मुद्दाको कुनै छिनोफानो नै नभएको अवस्थामै नयाँ कार्यसमितिले गोप्य रुपमा सपथ ग्रहण गर्न लागेकोले आफूहरुले तालाबन्दी गरेको बताए ।क्लबका पूर्व अध्यक्ष (चन्दन), मनिष झा श्री ओम, सुभाष कुमार शर्मा, पूर्व महासचिव संतोष पाण्डेय, वरिष्ठ सदस्य निरज साह (मुन्ना), पूर्व सल्लाहकार रामबहादुर साह, पूर्व सदस्य दिगम्बर झा सहितका अन्य सदस्यहरुको उपस्थितिमा सामूहिक तालाबन्दी गरिएको छ ।