जनकपुरधाम, बैशाख १२ गते
नागरिकमा जनचेतना जगाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय महोत्तरीले नगरमा मास्क वितरण गरेको छ ।नेपाल प्रहरीले महोत्तरीको जलेश्वरको विभिन्न चौक तथा बजारमा मास्क वितरण गरेका छन् ।
दोस्रो चरणमा पनि विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस नेपालमा पनि सङ्क्रमण फैलिने सम्भावना देखिएपछि विना मास्क लगाई बाटोमा हिडने सर्वसधारणलाई नेपाल प्रहरीले निःशुल्क मास्क वितरण गरेका हुन ।कोरोना भाइरसको संभावित जोखिमलाई ध्यानमा नागरिकमा जनचेतना जगाउँदै विना मास्क लगाई बाटोमा हिडने र बजार रहेका सर्वसाधारणलाई नेपाल प्रहरीले निः शुल्क मास्क वितरण गरेका हुन ।नागरिकलाई कोरोना भाइरसबाट सुरक्षित रहन स्वास्थ्य सम्बन्धि विभिन्न नारासहितका प्ले कार्ड बोकी नगरमा जनचेतना फैलाउने उद्देश्यले नगरमा ¥याली समेत निकालिएका हो ।