
जनकपुरधाम, ११ बैशाख । जनकपुरधाममा आईतवार विश्व भेटरिनरी दिवस मनाइएको छ । उक्त दिवसमा धनुषाभरिका पशु तथा पंक्षीका चिकित्सकहरुको सहभागिता रहेको थियो ।
प्रदेश २ का पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक जागेश्वर यादवको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका सचिव डा. सम्झना काफ्लेले पशुपन्छीलाई संरक्षण सम्बद्र्धन तथा उपचार गरेको सम्झनामा यो दिवस मनाउने गरेको र महत्वपूर्ण रहेको बताएकी छन् । उनले यस क्षेत्रमा राम्रो कार्य गर्नेलाई राज्यले पुरस्कार तथा सम्मानको व्यवस्थाका लागि पहल गरेको र अगामी दिनमो हुनेपनि विश्वास दिलाएका छन् । कोभिड १९लाई मध्यनजर गरी थोरै समयमा साकिएको सो कार्यक्रममा राम्रो कार्य गरेर उत्कृष्ट भएका कर्मचारीहरुलाई सम्मानित समेत गरेका छन् ।