जनकपुरधाम, बैशाख १३ गते
जनकपुरधाम उपमहानगरपालिकाका एक वडालाई स्मार्ट वाड बनाउने छ ।जनकपुरधाम वडा नम्बर ५ लाई स्मार्ट वाड बनाउने भएको छ । सो कार्यका लागी आज देखी निर्माण कार्य सुरु गरेको हो । विगतमा ती वडाका नागरिक संग बाचा गरेका जनकपुरधाम उप–महानगरपालिकाका नगर प्रमुख लाल किशोर साहले आज सो वडालाई स्मार्ट सिटीका बनाउनका लागी शिलान्यास गरेका छन् । आज हिन्दु परम्पार अनुसार पुजापाठ गरी सो कार्यको लागी नगर प्रमुख साहले शिलान्यास गरेको हो । वडा नम्बर ५ लाई स्मार्ट वाड बनाउन नगर प्रमुख साहले बारम्बार भन्दै आएको थियो ।
आज स्मार्ट वाडका लागी निर्माण कार्य प्रारम्भ भएको हो । स्मार्ट वाड बनाउन निम्ति २०७६ फागुन १५ गते नगर प्रमुख साहको नेतृत्वमा वडाबासी संग बृहत छलफल भएको थियो । सडक,बाटो भौतिक पुर्वाधार विस्तार संगै वडालाई स्मार्ट वडा बनाउन तथ्याङ्ग संकल्न गरिएको थियो । भौतिक पुर्वाधार,आर्थिक आवस्था, समाजिक पुर्वाधार, समस्या तथा सम्भावनाको नक्साङ्गन लगायतका तथ्याङ्ग संकल्न गरी सके पश्चात आज नगर प्रमुख साहले स्मार्ट वाडका निर्माणका लागी शिलान्यास गरेका हुन। आज देखी निर्माण कार्य प्रारम्भ भएको हो । आज सो वडामा स्मार्ट वाडको कार्य प्रारम्भ भएपछि स्थानीयहरु खुशि भएका छन् ।
आयोजित शिलान्यास कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका पुर्व मेयर बजरंग प्रसाद साह, वर्तमान उपमेयर रीता झा, ५का वडा अध्यक्ष मनोज साह, इंन्जिनियर विरेन्द्र यादव,वडा सदस्य शैल देवी चौधरी, संतोष साह,समाजसेवी प्रमोद चौधरी,जनकपुरधाम उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनिष रमण साह,सुन चांदी व्यवसायी संघका अध्यक्ष अमरनाथ गुप्ता, चेम्बर्स अफ कमर्श प्रदेश २ का संयोजक पवन ठाकुर, जनकपुरधाम उद्योग वाणिज्य संघका पुर्व उपाध्यक्ष सुरेन्द्र भण्डारी, मोहन साह, शंकर साह लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।