जनकपुरधाम, बैशाख १५ गते
राजदेवी मन्दिरको भव्य द्धार निर्माणको नाममा पैंसा उठाउने एक पक्राउ परेको छ । महावीर युवा कमिटीको आयोजनामा माता राजदेवी मन्दिरको द्धार निर्माण भइरहेको छ ।राजदेवी मन्दिरको भव्य द्धार निर्माणको नाममा पैसा उठाउने जिल्ला महोत्तरी बल्बा नगरपालिका धमौराका बस्ने विनय नटको छोरा बर्ष १७ को अवेश नटलाई प्रहरीले पक्राउ गरेको हो । बुधवार विहान नटलाई जनकपुरधाम उपमहानगरपालिका मुजेलिया स्थित यतायात कार्यालय पछाडीबाट पैसा उठाउदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेका छन् । पक्राउ परेका नटलाई हिरासतमा राखी अनुसन्धान समेत भइरहेको जनाएको छ ।
ती घटनामा संलग्न एक जना फरार रहेको र खोजि कार्य समेत भइरहेको प्रहरीले जनाएको छ । जनकपुरधाम उपमहागरपालिका वडा नम्बर रामचौक स्थित माता राजदेवी मन्दिरको द्धारा निर्माण कार्यका लागी निर्माण विकास परिषद्को कोषबाट निर्माण भइरहेको छ । उक्त निर्माण भइरहेको द्धाराका लागी कोषबाट ३५ लाख विनियोजन गरेको हो । द्धार निर्माण कार्य द्रुत गतिमा भइरहेको र यस निर्माण कार्यमा विकास परिषद् कोष बाहेक अरु कही कतैबाट आर्थिक सहयोग नलिएको महावीर युवा कमिटीका अध्यक्ष संतोष साहले बताए ।