• About Us
  • Home
  • Privacy Policy
  • Sample Page
Sunday, May 18, 2025
Suchana Diary
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    • दुर्घटना
    • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • धर्म /सांस्क्रिति
No Result
View All Result
ई-पेपर
Suchana Diary
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    • दुर्घटना
    • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • धर्म /सांस्क्रिति
No Result
View All Result
ई-पेपर
Suchana Diary
No Result
View All Result

मुद्दा फिर्ता लिने निर्णय सच्याउन समितिको आग्रह

Author Avatar न्युज डेस्क 30th April 2021 , 4:22 PM
मुद्दा फिर्ता लिने निर्णय सच्याउन समितिको आग्रह

काठमाडौं, बैशाख १७ गते
जवाफदेहिता निगरानी समितिले ‘अपराध पीडितको हक’ विपरीत हुने निर्णय तत्काल सच्याउन र पीडितको न्यायिक अधिकार सुनिश्चित गर्न सरकारसमक्ष आग्रह गरेको छ । समितिका संयोजक चरण प्रसाईंले आज जारी गरेको प्रेस विज्ञप्तिमा सत्ता समीकरण तथा राजनीतिक सहमतिका लागि फौजदारी कसुरका आरोपमा थुनामा रहेका १२० जना भनिएका राष्ट्रिय जनता पार्टी ९राजपा० का कार्यकर्ताको मुद्दा फिर्ता लिने निर्णय सच्च्याउन माग गरिएको छ ।

“सरकारले मधेश थरूहट आन्दोलनका क्रममा विभिन्न १५ वटा फौजदारी अभियोग लागेर हाल कारागारमा रही मुद्दा खेपिरहेका १२० जना विरुद्धका अभियोग फिर्ता लिने निर्णय गरेबाट दण्डहीनतालाई सरकारद्वारा नै प्रश्रय दिने कार्य भएको देखिन्छ”, विज्ञप्तिमा भनिएको छ, “विभिन्न जिल्लाका जिल्ला अदालतमा चलिरहेको मुद्दा फिर्ता गर्नाले पीडकहरुको पक्षपोषण हुनाका साथै पीडितको न्यायिक अधिकार हनन भई तिनका संविधान प्रदत्त ‘अपराध पीडित’ का मौलिक हकबाट समेत वञ्चित गरिएको निगरानी समितिको ठहर छ ।”

“राज्यको प्रमुख दायित्व नागरिकको जिउधनको सुरक्षा गरी कानूनी शासनको सुनिश्चितता गर्नु हो तर फौजदारी प्रकृतिका मुद्दाहरु फिर्ता गर्ने प्रचलनले आमनागरिक जहिले पनि असुरक्षित रहनुपर्ने अवस्था सिर्जना गर्ने समितिको ठम्याइ छ”, विज्ञप्तिमा उल्लेख छ ।

अपराधको राजनीतिकरणले निरन्तरता पाउने, पीडक राज्यको संरक्षणमा रहने, कानून र विधिको शासनको उल्लङ्घन सरकार स्वयंको पहलमा गरिने, अपराध पीडितका मौलिक हक सत्ताको दाउपेच खेलको शिकार हुनाका साथै पीडितहरु न्यायिक अधिकारबाट वञ्चित हुने शृङ्खलाको नजीर बसाउनु दुःखद भएको विज्ञप्तिमा छ ।

भर्खरै

निःशुल्क कम्बल वितरण

निःशुल्क कम्बल वितरण

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

सशस्त्र प्रहरीका सइमाथि खुकुरी प्रहार

सशस्त्र प्रहरीका सइमाथि खुकुरी प्रहार

आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

हाम्रो बारेमा

सुचना डायारी अनलाइन एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

हाम्रो बारेमा

सिटी न्युज नेटवर्क प्रा.लि
जनकपुरधाम, धनुषा  (प्रदेश-२)
सम्पर्क मो. नं.: +977-9854026211
इमेल: [email protected]

हाम्रो बारेमा

सुचना डायारी अनलाइन एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

हाम्रो बारेमा

प्रबन्ध निर्देशक: सुरेन्द्र सिंह
प्रधान सम्पादकः सुरेन्द्र सिंह
संवाददाताहरु: सुरेन्द्र सिंह

  • About Us
  • Home
  • Privacy Policy
  • Sample Page

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    • दुर्घटना
    • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • धर्म /सांस्क्रिति