जनकपुरधाम, बैशाख १८ गते
धनुषामा एक युवकलाई घांटीमा चक्कु प्रहार गरी हत्या गरेको छ ।
धनुषाको हँसपुर नगरपालिका वडा नं ६ टिल्ही बस्ने बद्री मंडलका २५ वर्षिय छोरा शम्भू मंडललाई उनकै श्रीमती र भाईहरु मिलेर घांटीमा चक्कु प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नाउव उपरिक्षक एवम् प्रवक्ता मकेन्द्र मिश्रले जानकारी गराउका छन् । मंडललाई घरायसी विवादका कारण दुई दाजुभाई र श्रीमती मिलेर हत्या गरेको प्रहरीको भनाई छ । चक्कु प्रहारबाट मण्डलको घटनास्थलमै मृत्यु भएपछि उनीहरु फरार भएका छन् ।शुक्रबार मध्यराति करिव २ः३० बजेको समयमा घरायसी विवादका कारण मण्डललाई उनका २४ वर्षीय भाई संजय भन्ने जय मण्डल, २३ वर्षीय अरुण मण्डल र २३ वर्षीया श्रीमती सुशिलादेवी मण्डलले घाँटी सहित शरीरको विभिन्न भागमा चक्कु प्रहार गरी हत्या गरेको डीएसपी मिश्रले बताए । घटनास्थलमा अपराध अनुसन्धान सहितको प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली खटाइएको र हत्याबारे अनुसन्धान भईरहेको धनुषा प्रहरीले जनाएको छ ।मृतक मण्डलको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको र फरार भएकाहरुको खोजी सुरु गरिएको प्रहरीले जनाएको छ ।