बुटबल, बैशाख १९ गते
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शङ्कर पोखरेल पुनः नियुक्त हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०, लुम्बिनी प्रदेश संसदीय दलका नेता शङ्कर पोखरेललाई नेपालको संविधानको धारा १६८ को उपधारा ९१० बमोजिम प्रदेश प्रमुख धर्मनाथ यादवले उहाँलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
यसअघि नेकपा ९एमाले० ले लुम्बिनी प्रदेश संसदीय दलका नेता पोखरेलले आफ्नो नेतृत्वमा नेपालको संविधानको धारा १६८ को उपधारा ९१० बमोजिम सरकार गठन गर्न प्रदेशसभामा बहुमत सदस्यहरूको हस्ताक्षरसहित प्रदेश प्रमुख यादव समक्ष दावी पेश गर्नुभएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा जनाइएको छ ।