Suchana Diary
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
  • दुर्घटना
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
TRENDING
नगदेबाली बरामद पुण्य तिथि
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
  • दुर्घटना
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
suchanadiary-suchana-diary-logo
No Result
View All Result

आइसोलेशन श्यया तयार पार्दै पालिकाहरु

आइसोलेशन श्यया तयार पार्दै पालिकाहरु

वालिङ, २२ वैशाख
नयाँ भेरियन्ट कोभिड–१९ को सङ्क्रमण दर ह्वात्तै बढेपछि स्याङ्जाका पालिकाहरुले आइसोलेशन श्यया निर्माणको तयारीलाई तीव्रता दिएका छन् । देशका विभिन्न ठाउँमा अक्सिजनको अभावका कारण सङ्क्रमितहरुको ज्यान गइरहेका बेला यहाँका पालिकाहरुले अक्सिजनसहितको श्यया निर्माणको कार्यलाई तीव्रता दिएका हुन् ।
स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले मङ्गलबारबाट अक्सिजनसहितको छ श्यया सञ्चालनमा ल्याएको छ । वालिङ नगरपालिकाले गह्रौँ प्राथमिक अस्पतालमा तत्कालका लागि अक्सिजन र नेबुलाइजरसहितको सुविधा सम्पन्न छ श्यया तयार गरी सञ्चालनमा ल्याएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । “अस्पतालमा पहिलो चरणमा हामीले छ श्यया निर्माण गरी सञ्चालनमा ल्याएका छौँ”, नगरप्रमुख खाँणले भन्नुभयो, “केही दिनभित्रैमा २५ श्यया क्षमताको पु¥याउने गरी काम तीव्र गतिमा भइरहेको छ ।”
वालिङका नागरिकको स्वास्थ्यसम्बन्धी उपचारका लागि नगरपालिका प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । “सबैभन्दा ठूलो नागरिकको स्वास्थ्य हो यसप्रति नगरपालिका सजग र सचेत छ”, प्रमुख खाँणले भन्नुभयो, “कोभिड सङ्क्रमित कोही पनि बिरामीलाई अक्सिजनको कमी हुन दिने छैनौँ र उपचारमा कुनै अभाव महसुस हुन नदिने गरी तयारी गरिरहेका छौँ ।”
अस्पतालमा निर्माण गरिएको सुविधा सम्पन्न आइसोलेशनमा चौबिसै घण्टा चिकित्सक तथा स्वास्थ्यकर्मीले उपचार तथा परामर्श दिने व्यवस्था मिलाइएको स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले बताउनुभयो । नगरपालिकाले अस्पतालमा नै कोरोनाको एन्टिजिनसमेत परीक्षण गर्दै आएको अस्पतालका प्रमुख चिकित्सक सरोज थापाले बताउनुभयो । परीक्षणको दर वृद्धिसँगै सङ्क्रमितको दर पछिल्ला दिनहमा बढ्दै गएकाले जटिल बिरामीलाई अस्पतालमै र सामान्य बिरामीलाई होम आइसोलेशनमा राखिएको प्रमुख चिकित्सक थापाले बताउनुभयो ।
स्याङ्जाको फेदीखोला गाउँपालिका–३ स्थित भाटखोला स्वास्थ्यचौकीमा २० श्ययाको अक्सिजनसहितको आइसोलेशन सेन्टर निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो । कोभिड सङ्क्रमितलाई राख्नका लागि प्रत्येक कोठामा शौचालय र नुहाउने कोठाको सुविधा, तातो र चिसो पानीको व्यवस्था, बिरामीहरुको ज्वरो नाप्ने थर्मोमिटर, रक्ताचाप नाप्ने उपकरणहरुको प्रबन्ध मिलाइएको अध्यक्ष सुवेदीले बताउनुभयो । “अहिलेसम्म गाउँपालिकाभित्र सक्रिय सङ्क्रमितहरु दुईजना छन्, उहाँहरु होम आइसोलेशनमा बस्नुभएको छ”, अध्यक्ष सुवेदीले भन्नुभयो, “सङ्क्रमितको सङ्ख्या बढ्दै गएमा आइसोलेशनमा राखेर उपचार गर्नेछौँ ।”
आइसोलेशन सेन्टरमा इन्टरकम फोन र टेलिभिजन जडान गरिएको छ । सिसी क्यामेराको जडान गरी उहाँहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिने वा निगरानी गरिरहने व्यवस्था मिलाएको छ ।
यसैगरी स्याङ्जा सदरमुकाममा रहेको पुतलीबजार नगरपालिकाले करेण्डाँडा स्वास्थ्यचौकीमा २० श्यया क्षमताको आइसोलेशन कक्ष निर्माण गरेको नगरप्रमुख सीमा क्षेत्रीले बताउनुभयो । त्यस्तै गणेशपुर स्वास्थ्य चौकीमा पनि २० श्यया क्षमताको आइसोलेशन कक्ष बनाउने कार्य अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । एघार पालिका रहेको स्याङ्जामा अन्य पालिकाले पनि आइसोलेशन कक्ष तथा क्वारेन्टिनहरुको निर्माण कार्यलाई तीव्रता दिएका छन् ।

Discussion about this post

Related Posts

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध
BannerNews

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

३ महिना अगाडि
झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी
BannerNews

झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

७ महिना अगाडि
BannerNews

सशस्त्र प्रहरीका सइमाथि खुकुरी प्रहार

७ महिना अगाडि
आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह
BannerNews

आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

१० महिना अगाडि
विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो
BannerNews

विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

१ वर्ष अगाडि
नेपाल–भारत विचको सम्वन्ध सुदृढ राख्न सरकारलाई दबाब दिने
BannerNews

नेपाल–भारत विचको सम्वन्ध सुदृढ राख्न सरकारलाई दबाब दिने

१ वर्ष अगाडि

ताजा समाचार

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

3 months ago
झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

7 months ago

सशस्त्र प्रहरीका सइमाथि खुकुरी प्रहार

7 months ago
आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

10 months ago
विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

1 year ago
नेपाल–भारत विचको सम्वन्ध सुदृढ राख्न सरकारलाई दबाब दिने

नेपाल–भारत विचको सम्वन्ध सुदृढ राख्न सरकारलाई दबाब दिने

1 year ago

सिटी न्युज नेटवर्क प्रा.लि
जनकपुरधाम, धनुषा  (प्रदेश-२)
सम्पर्क मो. नं.: +977-9854026211
इमेल: [email protected]

© 2020 Suchana Diary || Powered By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
  • दुर्घटना
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
  • अर्थ

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In