जनकपुरधाम, वैशाख २३ गते ।
जनकपुरधामका एक प्रतिष्ठित व्यवसायीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
नेपाल एग्रो सेन्टरका संचालक व्यवसायी ५८ वर्षीय धर्मनाथ साहको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
उनको उपचारको क्रममा काठमाडौं स्थित ग्राण्डी हस्पिटलमा बिहीबार दिउँसो मृत्युु भएको परिवारजनले जनाएको छ ।
स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उनलाई तीनदिनदेखि हस्पिटलको भेनिटलेटरमा राखेर उपचार भइरहेको थियो ।
जनकपुरधामको भानु चोक स्थित नेपाल एग्रो सेन्टरका सञ्चालक साहको शुरुमा जनकपुरको काव्या अस्पतालमा उपचार भर्ना गरिएको थियो । पछि हेलिकप्टरद्वारा उपचारका लागि काठमाडौ लगिएको थियो ।