जनकपुरधाम, वैशाख २५ गते ।
आजदेखी भेन्टिलेटर संचालनमा आउने भएको छ । प्रादेशिक अस्पतालमा रहेको ५ वटा भेन्टिलेटर विग्रीएको थियो । प्रदेश सरकारले प्रादेशिक अस्पताल जनकपुरधाममा दिएको ८ वटा नयाँ भेन्टिलेटर आजदेखी संचालनमा आउने भएको छ । प्रादेशिक अस्पताल जनकपुरधाममा रहेका ५ वटै भेन्टिलेटर बिग्रिएपछि प्रदेश सरकारले ८ वटा नयाँ भेन्टिलेटर अस्पताललाई उपलब्ध गराएको छ ।प्रदेश सरकारले उपलब्ध गराएको ८ वटै भेन्टिलेटर जडानको काम शुक्रबार अबेर रातिसम्म सम्पन्न हुने प्रादेशिक अस्पताल जनकपुरधामका मेडिकल सुपरीटेण्डेन्ट डा. प्रमोद यादवले जानकारी दिएका छन् । मेडिकल सुपरीटेण्डेन्ट यादवले भने ‘अस्पतालमा भेन्टिलेटर नभएर ठूलै समस्या भएको छ, प्राविधिकहरु प्रदेश सरकारले उपलब्ध गराएको ८ वटा नयाँ भेन्टिलेटर एकै साथ जडान गर्ने काम भईरहेको छ ।’ उनले अगाडी भने ‘अबेर रातिसम्म सबै भेन्टिलेटर जडान गर्ने काम पूरा भएको छ, शनिबार बिहानै देखि संचालनमा ल्याइने छ ।’यस अघि प्रादेशिक अस्पताल जनकपुरधाममा ९ वटा भेन्टिलेटर थियो । जसमध्ये ५ वटा अस्पतालमा भर्ना भएका बिरामीहरुको उपचारका लागि प्रयोग गर्न सकिने र बाँकी ४ वटा ट्रान्सपोर्ट भेन्टिलेटर रहेका थिए । ५ वटा भेन्टिलेटरमध्ये ३ वटा भेन्टिलेटर पहिलेदेखि नै बिग्रिएको र एउटा यस वर्ष कोभिड अस्पताल सञ्चालनमा आएपछि बिग्रिएको थियो भने बाँकी रहेको एउटा भेन्टिलेटर पनि बिहिबार बिरामीलाई भेन्टिलेटरमा राखेको केही घण्टा नराख्दै बिग्रिएको थियो ।बिग्रिएका भेन्टिलेटरहरुरलाई ठीक गर्ने प्रकृया अगाडी बढाइएपनि त्यसका पार्ट्सहअरु नेपाली बजारमा उपलब्ध नरहेकाले समस्या भईरहेको मेसु यादवले बताए । उनले भने ‘भेन्टिलेटरको पाइपहरुमा प्वाल परेको र ती पाटर््सहरु बजारमा उपलब्ध छैनन्, भारतबाट मगाउन पनि अहिले समस्या भईरहेको छ ।’
प्रादेशिक अस्पतालमा अहिले ३१ वटा बिरामीलाई अक्सिजन सहित राखिएको छ । जसमध्ये १९ जना बिरामीहरुलाई आइसीयुमा राखिएको छ भने ५ वटा बिरामी बेडको पर्खाईमा रहेका छन् ।